Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कानु र गिरीद्वयसहित ९ जना एमालेबाट निष्काशित

spot_img
spot_img

वीरगंज । नेकपा एमालेले आफ्ना ९ जना बागी उम्मेदवारहरुलाई कारवाही गरेकाे छ । मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीकाे निर्णय विपरित पर्साकाे विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने ९ जनालाई कारवाही गरिएकाे एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले वताए ।

जिल्ला अध्यक्ष थारुले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले र जसपाको केन्द्रीय निर्णय अनुसार सिट तालमेल गरी आ-आफ्नो पार्टीबाट अधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनैतिक दलबाट बागी भई दिएका उम्मेदवारहरु पार्टीको निर्देशन अनुसार आफ्नो उम्मेदवारी फिर्ता नगरेकोले पार्टी विधान, निर्णय, निर्देशनको विपरीत काम गरेका उम्मेदवारहरुलाई आजैको मितिवाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जानकारी गराएका हुन् ।

उनले विज्ञप्ती मार्फत नै वागी उम्मेदवारहरुलाई पार्टी नेता, कार्यकर्ताहरुले कुनै किसिमको निर्वाचनमा सहयोग नगर्न निर्देशन समेत दिएका छन् ।

पार्टीबाट निष्काशन हुनेमा जिल्ला सदस्य संतोष कुमार, छिपहरमाई गाउँपालिका अध्यक्ष प्रहलाद साह कानु, शान्त कुमार जोशी, अफताब आलम, महमद आलम देवान, फरमान अंसारी, प्रहलाद गिरी, निरराज गिरी र सङ्गबो लामा तामाङ्ग (विनोद लामा) रहेका छन् ।

कारवाही बारे जिल्ला कमिटीले एमाले मधेश प्रदेश कमिटी जनकपुरधाम र एमाले केन्द्रीय कमिटि च्यासल, ललितपुरलाई समेत जानकारी गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...