Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कानु र गिरीद्वयसहित ९ जना एमालेबाट निष्काशित

spot_img
spot_img

वीरगंज । नेकपा एमालेले आफ्ना ९ जना बागी उम्मेदवारहरुलाई कारवाही गरेकाे छ । मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीकाे निर्णय विपरित पर्साकाे विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने ९ जनालाई कारवाही गरिएकाे एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले वताए ।

जिल्ला अध्यक्ष थारुले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले र जसपाको केन्द्रीय निर्णय अनुसार सिट तालमेल गरी आ-आफ्नो पार्टीबाट अधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनैतिक दलबाट बागी भई दिएका उम्मेदवारहरु पार्टीको निर्देशन अनुसार आफ्नो उम्मेदवारी फिर्ता नगरेकोले पार्टी विधान, निर्णय, निर्देशनको विपरीत काम गरेका उम्मेदवारहरुलाई आजैको मितिवाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जानकारी गराएका हुन् ।

उनले विज्ञप्ती मार्फत नै वागी उम्मेदवारहरुलाई पार्टी नेता, कार्यकर्ताहरुले कुनै किसिमको निर्वाचनमा सहयोग नगर्न निर्देशन समेत दिएका छन् ।

पार्टीबाट निष्काशन हुनेमा जिल्ला सदस्य संतोष कुमार, छिपहरमाई गाउँपालिका अध्यक्ष प्रहलाद साह कानु, शान्त कुमार जोशी, अफताब आलम, महमद आलम देवान, फरमान अंसारी, प्रहलाद गिरी, निरराज गिरी र सङ्गबो लामा तामाङ्ग (विनोद लामा) रहेका छन् ।

कारवाही बारे जिल्ला कमिटीले एमाले मधेश प्रदेश कमिटी जनकपुरधाम र एमाले केन्द्रीय कमिटि च्यासल, ललितपुरलाई समेत जानकारी गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...