Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पर्सामा एक महिलाले जन्माइन तिम्ल्या बच्चा

spot_img
spot_img

वीरगंज । पर्साकी एकजना महिलाले तिम्ल्या बच्चालाई जन्म दिएकी छन् । वीरगंजकाे विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी कविता देवीले तिम्ल्या बच्चालाई जन्म दिएकी हुन् ।

कविताले २ छोरा र १ छोरी गरेर ३ जना बच्चालाई जन्म दिएको नारायणी सेन्टरल अस्पतालले जनाएको छ । प्रसव पिडा पछि अस्पताल भर्ना भएकी कविताले सोमबार शल्यक्रिया मार्फत बच्चा जन्माइएको अस्पताले जनाएकाे छ । 

जन्मेका बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनीहरुलाई आमासहित चिकित्सकको निगरानीमा राखिएको अस्पतालका निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफले जानकारी दिए ।

कविताको अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रियंका चौधरीले शल्यक्रिया गरेकी थिइन भने बच्चाहरुको उपचार डा. विकाश शाह र डा. भुनेश कुमार बादलले गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...