Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्सामा करेन्ट लागेर दुई जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा करेन्ट लागेर एकै दिन दुई जनाकाे मृत्यु भएकाे छ । धोबिनी गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुर निवासी ३० बर्षिय सैफुल्ला अंसारी र वीरगंज महानगरपालिकाकाे वडा नं.९ रानिघाट निवासी ६० बर्षिय धुर्ब प्रसाद साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

वीरगंज महानगरपालिकाकाे वडा नं. २६ स्थित रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा साेमबार सांझ ६:३० बजेको समयमा सैफुल्ला अंसारीलाई विधुतको पोलको तारमा अचानक करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटि गएको प्रहरी टोलीले मृतक सैफुल्ला अंसारीको घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

त्यसैगरी साेमबार दिउसाे १२:२५ बजेको समयमा वीरगंज महानगरपालिका कै वडा नं.०८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने वीरगंज महानगरपालिका कै वडा नं. ९ रानिघाट निवासी बर्ष ६० को धुर्ब प्रसाद साहलाई विधुतिय तारमा अचानक करेन्टलागी भुईमा लडी घाइते भएका थिए । 

घाइते साहलाई तत्कालै उपचारको लागि आसाराम अस्पतालमा वीरगंज पठाइएकोमा घाईतेको मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतक धुर्ब प्रसाद साहको घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...