Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा ४ मा सत्तारुढ गठबन्धनबाट रिजाल, चाैधरी र तारा उम्मेदवार

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रमेश रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता रिजाले आइतबार दिउसाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय लंगडीमा पुगेर आफ्नाे मनाेनयन पत्र दर्ता गराएका हुन् ।

मनाेनयन पत्र दर्ता गराएपछि नेता रिजालले संचारकर्मीहरुसंग कुरा गर्दै अब आफु जनतामा जाने र जनताले दिएकाे आदेशकाे पालना गर्ने वताए । उनले आफु जनताकाे सेवक भएकाे वताउँदै जनताले आफुलाई जिताउनेमा विश्वस्त रहेकाे वताए ।

उनले आफ्नाे मुख्य एजेन्डा गरिबी भएकाे वताउँदै गरिबीकाे विरुद्धमा लडनु पर्ने अहिलेकाे अवश्यकता रहेकाे वताए ।   

गठबन्धन कै तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा कांग्रेस कै बर्तमान प्रदेशसभा सदस्य शंकर चाैधरी र ४ काे (ख) मा नेकपा माओवादी केन्द्रकी शेखचान्द ताराले उम्मेदवारी दिएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...