Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंजमा डान्डिया उत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज स्विमिंग पुल हेल्थ क्लबकाे आयाेजनामा शुक्रबार वीरगंजमा डान्डिया उत्सव सम्पन्न भएकाे छ । प्रकाश डान्स एण्ड फिटनेश स्टुडियाेकाे सहकार्यमा वीरगंजकाे आदर्शनगरस्थित जैन भवनमा भएकाे कार्यक्रममा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा डान्डिया नृत्य प्रस्तुत गर्ने ४ ग्रुपका विजेताहरुलाई पुरस्कृत समेत गरिएकाे थियाे । ग्रुप “ए” का प्रथम स्वाना खन्डेवाल, द्वितिय रिचा सर्राफ, तृतिय विना प्रजापति, “बि” ग्रुपका प्रथम एसिका शर्मा, द्वितिय मिठी तिवारी, तृतिय तिस्टा भकड, ग्रुप “सि” का प्रथम घिस्रित भकर, द्वितिय अकक्षर कर्ण, तृतिय राेहित गुप्ता र ग्रुप “डि” का प्रथम रिद्धि शर्मा, द्वितिय डाेली अर्गवाल, तृतिय सिद्धि शर्मालाई पुस्कृत गरिएकाे राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसका उपाध्यक्ष दिपु बर्णवालले जानकारी दिए ।

प्रकाश डान्स एण्ड फिटनेश स्टुडियाे वीरगंजका संचालक प्रकाश कर्णकाे अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष कमल चाैलागाई, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, भाेलन्टियर समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव, मानव सेवा आश्रमका दिवेश गुप्ता, राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राे पाेलिसका अध्यक्ष रविन श्रेष्ठ, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...