Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

इलाका प्रहरी कार्यालय कालिकामाईकाे भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वामा निर्माण भएकाे ईलाका प्रहरी कार्यालय कालिकामाईकाे  कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँले नव निर्मित भवनको उद्घाटन गरेका हुन् । 

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खाँले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकोले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको बताए ।

उनले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाे वताउँदै शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अध्यकान्त पौडेल, नेपाली सेना प्रमुख दयान्नद कार्की, पर्सा प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेजप्रकाश पोख्रेल, अनुसन्धानका सहायक प्रमुख दिपक खडका, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

संघीय सरकारकाे रु २ करोड ३२ लाख ९२ हजार ३ सय २४ लागतमा भवन निर्माण भएकाे वताइएकाे छ । उक्त भवनहरुमा कार्यालय भवन, थुनुवा कोठा, ब्यारेक, शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष, प्रमुखको कोठा, कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघरको निर्माण भएको छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...