Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजलाई हरित सहर बनाउन बृक्षारोपण अभियान सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकालाई हरित सहर बनाउन महानगरले बिहिबारबाट बृक्षारोपण अभियान सुरु गरेको छ । साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंहको प्रमुख आतिथ्यतामा नेपालकै मुख्य प्रवेशद्वार शंकराचार्य गेटबाट बृक्षारोपण गरेर अभियानको सुरु गरिएको हो ।

अभियानको सुरुवात गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरित सहर बनाउन सडकका दायाँबायाँका साथै सार्वजनिक खाली स्थानमा बृक्षारोपण गरिने बताए । वृक्षारोपणले वातावरण प्रदुषण नियन्त्रणमा सहयोग गर्नुका साथै नगर पनि सुन्दर र हरियाली देखिने हुँदा पूरै महानगरभर बृक्षारोपण थालिएको उनले बताए ।

नगर हरियाली बनाउन म्यागो स्टिक, गुल्मोर, कटहर, निम, अशोक लगायतका बिरुवा रोपिने महानगरले जनाएको छ ।

बृक्षारोपणका लागि महानगरले चालु आर्थिक वर्ष २०७९/०८० मा १ करोड रकम बिनियोजन गरेको छ । यश वर्षको बजेटले ५ हजार बिरुवा रोप्न सकिने र वन तथा वातावरण मन्त्री प्रदीप यादबले पनि वीरगंजमा बृक्षारोपण गर्न थप बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले नगरका ३२ वटै वडामा बृक्षारोपण गरिने महानगरले जनाएको छ ।

महानगरले हरेक वडामा बृक्षारोपणका लागि वडालाई नै बिरुवा जिम्मा लगाएको छ । वडाले आवश्यक स्थान तय गरेर बिरुवा रोप्ने छ । रोपिएको बिरुवा हुर्काउनका लागि हेरचाह गर्ने जनशक्ति पनि महानगरले खटाएको छ ।

बृक्षारोपणको अभियानसँगै महानगरले मुख्य प्रवेशद्वार शंकराचार्य गेट पनि सफाई गरेको छ ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडाध्यक्षहरु सञ्जु छततकुली, महबुब इलाही अन्सारी, मनोज यादब, रामकिशोर सिंह पराग लगायत जनप्रतिनिधि एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...