Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

द साझा फाउन्डेसनद्वारा दोस्रो हप्ता पनि निशुल्क खाना वितरण

spot_img
spot_img

वीरगंज । द साझा फाउन्डेसनले दोस्रो हप्ताको तेस्रो दिन बुधबार पनि नारायणी अस्पताल वीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३२ जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।

नारायणी अस्पतालका मे.सु. डा. बिरेन्द्र बहादुर प्रधान, फाउन्डेसनका वरिष्ठ सल्लाहकार दीलिप कुमार सिंह, अनुज पटेलको विशेष उपस्थितिमा खाना वितरण गरिएको फाउन्डेसनका सचिव सन्दिप साहले जानकारी दिए ।  

खाना वितरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष अनुराग झा, उपाध्यक्ष नितेश पटेल, कोषाध्यक्ष सौरभ पटेल, सचिव सन्दिप साह, सह-सचीव सुभाङ्कर ठाकुर, कुमेश कुशवाहा, करण पाँण्डे, राइनो युवा क्लबका अध्यक्ष श्याम गुप्ता, पत्रकार आनन्द पटेल लगायतकाे उपस्थिति रहेको थियो ।

द साझा फाउन्डेसनले हप्तामा २ दिन नि:शुल्क खाना वितरण निरन्तर गरिरहने र आजको खाना वितरणमा आर्थिक सहयोग गरेका सुनिल साह र कुमेश कुशवाह फाउन्डेसनले धन्यावाद व्यक्त समेत गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...