Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

दशैंकाे अवसरमा वीरगंजमा सस्तो बजार संचालन

spot_img
spot_img

वीरगंज I नेपालीहरुकाे महान चाँड दशैंकाे अवसरमा वीरगंज उद्योग वाणिज्य संघले साेमबारदेखि दशै सस्तो बजार संचालनमा ल्याएको छ ।  वीरगंज उद्योग वाणिज्य संघकाे कार्यालयमा संचालमा आएकाे सस्तो बजार मेलाकाे एक कार्यक्रमकाे बिच पर्साका प्रमुख जिल्ला उमेश कुमार ढकालले उदघाटन गरेका हुन् ।

सस्ताे बजार उद्घाटन गर्दै अधिकारी ढकालले वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारबाट वीरगंज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने बताए ।

साथै उनले वीरगंज उद्योग वाणिज्य संघकाे सर्वसाधारणलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताए ।

प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरुको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ ।

“दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि फुलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताए । उनले उक्त दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, उद्योग विभागका महानिर्देशक सुशिल साह, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय पर्साकी प्रमुख रिमा साह, वीरगंज उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...