Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

दशैंकाे अवसरमा वीरगंजमा सस्तो बजार संचालन

spot_img
spot_img

वीरगंज I नेपालीहरुकाे महान चाँड दशैंकाे अवसरमा वीरगंज उद्योग वाणिज्य संघले साेमबारदेखि दशै सस्तो बजार संचालनमा ल्याएको छ ।  वीरगंज उद्योग वाणिज्य संघकाे कार्यालयमा संचालमा आएकाे सस्तो बजार मेलाकाे एक कार्यक्रमकाे बिच पर्साका प्रमुख जिल्ला उमेश कुमार ढकालले उदघाटन गरेका हुन् ।

सस्ताे बजार उद्घाटन गर्दै अधिकारी ढकालले वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारबाट वीरगंज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने बताए ।

साथै उनले वीरगंज उद्योग वाणिज्य संघकाे सर्वसाधारणलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताए ।

प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरुको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ ।

“दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि फुलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताए । उनले उक्त दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, उद्योग विभागका महानिर्देशक सुशिल साह, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय पर्साकी प्रमुख रिमा साह, वीरगंज उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...