Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

अनावश्यक विवादका कारण ठाेरी नाका बन्द : अध्यक्ष श्रेष्ठ

spot_img
spot_img

वीरगंज । पर्साको ठोरीनाका विगत एकसाता देखि बन्द नै रहेको छ । भारतीय कुलो उपभोक्ताहरुले पानी नपाएको भन्दै भारतीयलाई नेपालमा र नेपालीलाई भारतमा आवतजावतमा रोक नै लगाएका छन । सिमानाकामा आवतजावत गर्न नपाउँदा ठोरीवासीलाई सबभन्दा बढी समस्या भईरहेको छ ।

८० प्रतिशत भिखनाठोरी माथि निर्भर ठोरीवासीलाई खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य गर्ने बस्तुको समेत आयात हुन सकेको छैन । नाकामा आवत जावत गर्न नपाएपछि ठोरीको बजार पसल नै सुनसान बनेको छ । प्रत्येक आईतबार ठोरी पार्कमा रमाउँन हजारौं भारतीय पाउँने गरेका थिए । आईतबारका दिन ठोरी पार्क सुनसान नै देखिएको छ । भारतीय पर्यटक नभित्रिदा त्यहाँको बजार व्यवसायमा निकै नै मर्का परेको स्थानिय बताउँछन ।

खासगरी होटल व्यवसायी नराम्रै नै प्रभावित भएको छ । यहाँका होटल व्यवसायी भारतीय माथि नै निर्भर छ, नाकामा आवतजावत गर्न नपाएपछि पर्यटक एकसाता देखि आउँन छाडेका छन् । नेपाली पक्षले भारतमा जाने पानी रोकेपछि आक्रोशित भारतीय कुलो उपभोक्ताहरुले विरोध जनाउँदै सिमानाकामा आवतजावतमा रोक लगाएका हुन ।

केहीदिन अघि नेपाली भूमिबाट निर्माण गरेको कुलो खोलाले बगाएपछि पुनः खोला निर्माण गर्न भारतीय नागरिकले खोजेपछि ठोरीका केहि राजनितिक दलका नेताहरुले कुलो बनाउँन नदिएपछि आक्राशित भारतीय कुलो उपभोक्ताहरुले नेपालीहरुलाई भारत जान रोक लगाएका हुन् ।

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भारतीय पक्षसंग हुँदै आएको ठुटेखोला विवादलाई आफनो पालामा हमेसाको लागि विवादलाई अन्त्य गर्दै पुलसगैं जोडिएको मेनरोड निर्माण गरी सहज रुपमा आवतजावत गर्न बनाएपछि केहि राजनितिक दलहरुलाई हामीले गरेको काम पचेन । आठबर्षदेखि भारतीय भूमि प्रयोग गरी नेपाल आवत जावत गर्ने गथ्र्यो तर त्यो समस्या समाधान भएको कसैले देखेन ।

नेपाली कुलोको पानी सदिंयौं देखि भारतीय नागरिकहरु प्रयोग गर्दै आएका छन । केहि राजनितिक दलका नेताहरुले मैले गरेको कामको विरोध गर्न भारतीयले पाउँने पानी रोकेर अनावश्यक विवाद गरेर दुई देशको नागरिक बिच फाँटो ल्याउँने काम गरेको अध्यक्ष श्रेष्ठले बताए । पत्रकारसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले, ‘ केहि राजनितिक दल खासगरी आफूलाई गठबन्धनका नेता भनाउँनेहरुले नै अनावश्यक विवाद गर्न खोजेको आरोप लगाए ।

अहिले देखिएको विवाद समाधानको लागि प्रयास गरीरहेको उनले बताए । नेपाली कुलोबाट भारत तर्फ आफै पानी गए समस्या समाधान अन्त्य हुन्छ, होईन भने, हामीले सहज रुपमा पानी लैजान दिएनौ भने विवाद यथावत नै रहने छ । अहिले नाकामा आवतजावत गर्न नपाउँदा दुवै पक्षले घाटा व्यवहेर्नु परेको उनले बताए ।

खासगरी नेपालीहरुको महानचार्ड दशै मुखकै हरेको बेला लत्ताकपडा, खाद्यन्न, किसानको लागि मल लगायतको उपभोग्य गर्ने समान आपूर्ती गर्न सकिएको छैन भने, भारतीय पर्यटकहरु पनि नेपाल आउँन पाएका छैन, उनले भने । एकपल्ट पुन वार्ताको माध्यममा समस्या समाधानको लागि आफू पहल गरीरहेको उनले बताए ।

भारतीय पक्षलाई नेपाली भूमिबाट पानी दिएको भन्दै ठोरी ३ का पूर्व वडाध्यक्ष सूर्य बहादुर लामाको संयोजकत्वमा गठन गरेको ठुटेखोला पानी बचाउ संघर्ष समितिलाई गठबन्धनका स्थानिय नेताहरुले सहयोग गर्दै त्यसको विरोधमा आन्दोलन गर्ने चेतावनी समेत दिदै आएका छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...