Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेता असल भए तिव्र विकास हुन्छ : सहरी मन्त्री चौधरी

spot_img
spot_img

सिमरा । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् ।बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक–विकासशिल चोक –रंगशाला चोक –एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माण लगायत ५० करोडका आयोजनाहरुको सहरी मन्त्री चौधरीले शुक्रबार शिलान्यास गर्दै यस्ताे भएका हुन् ।

शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बारा पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखेका छन् ।
‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तिव्र गतिमा विकास पुग्छ । तर जहाँ जनताको काममा ध्यान दिने भन्दा पनि गफ ठुला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन ।’

चुनाव जितेपछि नेता पार्टी भन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताएका सहरी मन्त्री चौधरीले किसान श्रेष्ठ बारामा विकास गर्न र यो ठाउँलाई माथि उठाउन यहाँ आएको बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्बृद्धिको मुल फुट्ने दाबी गरे । बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए । सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपट बहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठुलो परिवर्तन आसा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न दलका नेता तथा प्रतिनिधिहरुले आ आफ्ना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...