Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वडाध्यक्षका प्रत्यासी नरेश यादव माओवादी केन्द्र प्रबेश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १८ का वडाध्यक्षका प्रत्यासी युवा नेता नरेश प्रसाद यादव नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवार बन्नेका युवा नेता यादव आफ्नाे समर्थकसहित माओवादी केन्द्र प्रवेश गरेका हुन् ।  

केन्द्रिय सदस्य रहबर अन्सारीकाे पहलमा माओवादी प्रबेश गरेका यादवलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिबार पार्टीमा स्वागत गरेकाे अनेरास्ववियु क्रान्तिकारीका नेता जुबेर आलमले जानकारी दिए ।

काठमाडाैंस्थित अध्यक्ष प्रचण्ड निवासमा खुमलटारमा भएकाे कार्यक्रममा युवा नेता यादवसहितका नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले अबिरकाे टिका र खादा लगाएर पार्टीमा स्वागत गरेकाे उनले वताए ।

स्थानिय तह निर्वाचनको अघिल्लो दिनसम्म जसपाबाट टिकट पाउने अपेक्षा गरिएपनि अन्तिम समयमा आएर यादवलाई जसपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । आँप चुनाव चिन्हबाट चुनाव लडेका यादवले ४ सय ४ मत प्राप्त गरि तेस्राे स्थान हाँसिल गरेका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य निर्माणमा माओवादीको विचार र सिद्धान्त मनपरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको यादवकाे भनाई छ । 

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका उप महासचिव मातृका प्रसाद यादव, स्थाई समिति सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य रहबर अन्सारी, बिरेन्द्र यादव, टेक बहादुर शाक्या, मधेश प्रदेश सदस्य सलाउदिन अहमद, कृष्ण माेहन यादव लगायतकाे सहभागीता रहेका थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...