Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

वडाध्यक्षका प्रत्यासी नरेश यादव माओवादी केन्द्र प्रबेश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १८ का वडाध्यक्षका प्रत्यासी युवा नेता नरेश प्रसाद यादव नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवार बन्नेका युवा नेता यादव आफ्नाे समर्थकसहित माओवादी केन्द्र प्रवेश गरेका हुन् ।  

केन्द्रिय सदस्य रहबर अन्सारीकाे पहलमा माओवादी प्रबेश गरेका यादवलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिबार पार्टीमा स्वागत गरेकाे अनेरास्ववियु क्रान्तिकारीका नेता जुबेर आलमले जानकारी दिए ।

काठमाडाैंस्थित अध्यक्ष प्रचण्ड निवासमा खुमलटारमा भएकाे कार्यक्रममा युवा नेता यादवसहितका नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले अबिरकाे टिका र खादा लगाएर पार्टीमा स्वागत गरेकाे उनले वताए ।

स्थानिय तह निर्वाचनको अघिल्लो दिनसम्म जसपाबाट टिकट पाउने अपेक्षा गरिएपनि अन्तिम समयमा आएर यादवलाई जसपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । आँप चुनाव चिन्हबाट चुनाव लडेका यादवले ४ सय ४ मत प्राप्त गरि तेस्राे स्थान हाँसिल गरेका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य निर्माणमा माओवादीको विचार र सिद्धान्त मनपरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको यादवकाे भनाई छ । 

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका उप महासचिव मातृका प्रसाद यादव, स्थाई समिति सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य रहबर अन्सारी, बिरेन्द्र यादव, टेक बहादुर शाक्या, मधेश प्रदेश सदस्य सलाउदिन अहमद, कृष्ण माेहन यादव लगायतकाे सहभागीता रहेका थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...