Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पिंकीकाे मृत्यु कुटपिट कै कारण भएकाे परिवारजनकाे दाबी

spot_img
spot_img

वीरगंज । चितवनको भरतपुर महानगरपालिकाकाे वडा नं. १ की पिन्की कुर्मीकाे हत्या भएकाे परिवारजनले आराेप लगाएका छन् । पिंकीकाे बिहे बाराको कलैया उपमहानगर-१ मोतीबागका दिपेन्द्र कुर्मीसँग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसँग नै भएको थियो ।  

तर बिहे भएको ८/१० महिना नबित्दै एसबिआई बैंकमा कार्यरत रहेका श्रीमान दिपेन्द्रले पिंकीलाई तनाव दिन थाले । परिवानजनका अनुसार दिपेन्द्रले ससुरालीबाट कार माग्न पिंकीलाई दबाव दिदै आएपनि उनले माइतीको कार दिन सक्ने हैसियत नभएको भन्दै पतिको प्रस्तावलाई टार्दै आइन् । 

पिंकीले जब पहिलो सन्तानका रूपमा छोरी साँचीलाई जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुँमा झन धेरै मानसिक र शारीरिक यातना दिन सुरु गरे । एकातिर दाइजोमा कारको माग अनि अर्कोतिर छोरी जन्माएको निहुँमा यातना थपिँदै गएपछि आजित पिंकीले घरमै एक पटक आत्महत्याको प्रयास पनि गरिन्। 

तर छिमेकीले बेलैमा थाहा पाएर उनको उद्धार गरे । त्यति हुँदासमेत परिवारका सदस्यबाट यातना दिने क्रम रोकिएन ।

पति, सासु र ससुराको कुटपिटबाट गम्भीर घाइते भएकी पिंकीको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही असोज २ गते मृत्यु भएको दाई मनिष बताउँछन् । बिहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन दिएपनि थप दाइजाे कार चाहिएकाे भन्दै बहिनीलाई यताना दिदा मृत्यु भएकाे उनकाे आराेप छ । 

शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखामा पिन्कीका माईती पक्षले पत्रकार सम्मेलनको आयोजना गरी पति दिपेन्द्र, ससुरा मुरारी र सासु मन्तुरा देवीको कुटपिट कारण पिन्कीकाे मृत्यु भएकाे दिदी सपना गुप्ताले दाबी गरिन । उनले भनिन “विहेमा ४० लाख नगद र १० तोला सुन दिएकै थियौ तर पछि फेरि कार माग्न थाले, त्यहि कार दिन नसक्दा मेरी बहिनीलाई कुटी कुटी मारे ।”

सपना भन्छिन् ,‘ दाइजोमा कार नदिएको र छोरी पाएकै निहुमा मेरी बहिनीलाई पापीहरुले १२ वर्ष देखि यातना दिएर मारे, हत्याको मुख्य कारण भनेकै दाइजोमा कार नदिएको हो, अनि छोरी किन जन्माइस् भन्ने निहु पनि हो ।

मृतक पिंकीका दाइ मनिष भन्छन्,‘ परिवारको एक्लो छोरो, त्यसमा पनि बैंक जागिरे भएकाले बहिनीले सुख पाउछे भनेर मागे जति दाइजो दिएर विहे गरिदियौ तर मेरी बहिनीले विहे भए देखि नै कहिले सुखको सास फेर्न पाइन, दाइजोको लोभी ज्वाँइ दिपेन्द्र र पापी बाउआमाले १२ वर्ष सम्म यातना दिइरहे, अन्तमा कुटेर हत्या गरे ।

मृतक पिंकीका पति दिपेन्द्र पिंकीको हत्या आरोपमा अहिले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन् । उनि वीरगंजस्थित एसबीआइ बैंकको शाखा प्रबन्धक पनि हुन् । बैंकमा पद स्तरोन्नत्ती भएपछि ज्वाँइ दिपेन्द्रले माइतीबाट कार माग्न पत्नि पिंकीलाई दबाब दिन थालेको तर आफुहरुले कार दिन नसक्ने हैसियत नभएको भनेर जवाफ दिएपछि बहिनी पिंकी मााथि कुटपिट गर्दै यातना दिन थालिएको दिदी सपना बताउछिन् ।

दाइ मनिषका अनुसार, कुटपिटबाट सिकिस्त भएपछि गत भदौ २७ गते उपचारका लागि ज्वाइ दिपेन्द्र सहितकाले वीरगंज एडभान्स हस्पिटलमा लगेका थिए । तर त्यहा उपचार सम्भव नभएपछि दिपेन्द्रले पिंकीको माइतीमा खबर गरेका थिए । त्यसपछि पिंकीलाई उपचारका लागि भदौं २८ गते चितवन मेडिकल कलेजमा लगेर भर्ना गरियो ।

टाँउकोमा रगत जमेको भन्दै डाक्टरले शल्यकृया पनि गरे । तर अवस्था झनै बिग्रीएपछि पिंकीलाई काठमाण्डौको मेडिसिटी अस्पताालमा लगेर भर्ना गरियो । जहाँ उपचारका क्रममा असोज २ मा पिंकीको मृत्यु भयो । पाटन अस्पतालमा गरिएको शवको पोष्टमार्टम रिपोर्टमा समेत पिंकीको टाँउकोमा गह्रुङ्गो वस्तुले हानेका कारण १०/१५ दिन पहिले देखि मस्तिष्कमा रगत जमेको र त्यहि कारण मृत्यु भएको भनेर डाक्टरले लेखेकाे दाई मनिषकाे भनाई छ ।

मनिषका अनुसार, पाटन अस्पतालले पोष्टमार्टमको रिपोर्ट दिए लगत्तै त्यहिबाट प्रहरीले आरोपित बहिनी ज्वाँइ मनिषलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको र अहिले जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ ।

बहिनी पिंकीको हत्यामा प्रत्यक्ष संलग्न रहेको भन्दै दाइ मनिषले पिंकीका पति दिपेन्द्र , ससुरा मुरारी प्रसाद जयसवार, सासु मन्तुरा देवी, काका ससुरा जगत प्रसाद जयसवार गरि ४ जना विरुद्ध कर्तव्य ज्यान मुद्धामा असोज ४ गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका छन् ।

जस मध्ये दिपेन्द्र पहिले नै पक्राउ परि प्रहरी हिरासतमा छन् भने अरु तीन जना आरोपितलाई प्रहरीले अहिले सम्म पनि पक्राउ नगरेको दाई मनिष गुनासो गर्छन् । असोज ४ मा जोहरी दिन जादा जिल्ला प्रहरी कार्यालयमै आरोपितका निकटका मानिस र केहि नेताले धम्क्याउदै अवरोध समेत गरेको दाई मनिष बताउँछन् । उनी भन्छन्,‘ जाहेरी दर्ता गराउन प्रहरी कार्यालयमा जादा हामीलाइ निक्कै धम्क्याइयो तर हामीले त्यसको परवाह गरेनौ मुद्धा दर्ता गरायौ ।

पिन्कीकी छिमेकी समेत रहेकी कलैयाकी महिला अधिकारकर्मी सरस्वती खनाल पनि परिवारका सदस्यहरुको यातनाकै पिंकीको हत्या भएको दाबी गर्छिन् । उनि भन्छिन् ,‘ पिंकीको घरसंगै मेरो पनि घर छ, विहे भएर आए देखि नै पिंकीलाई परिवारबाट यातना दिन थालिएको थियो, उसको घरमा सधैं कोलाहल हुन्थ्यो, विचरा पिंकीले कहिले पनि परिवारकोे माया र साथ पाइन ।

पिन्कीकी पिडा देखेर उसलाई सान्तवना दिन घरमा जादा समेत उसका सासु ससुराले उल्टै धम्क्याउने गरेको उनि बताउँछिन् । घरेलु हिंसाबाट पिडित पिंकीले यसअघि प्रहरी, प्रशासन र अदालतमा पटक पटटक न्यायका लागि गुहार पनि लगाएको तर न्याय पाउन नसकेको उनी बताउछिन् ।

खनाल भन्छिन् ,‘ एक पटक त म आफै अदालतमा पिंकीको पक्षमा साक्षी बनेर बयान दिएकोे थिए , म साक्षी बन्दा पनि मलाइ उसका परिवारका सदस्यले धम्क्याए तर मैले त्यसको परवाह गरिन । खनाल भन्छिन्,‘ पिंकीलाइ यातना दिएरै मारिएको हो , त्यसैले समाजमा रहेका यस्ता अपराधी र पापीहरुलाइ कानुनले सजाय दिनै पर्छ नत्र हरेक दिन पिंकीहरु यसरी नै मारिन्छन् ।

बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले भने यो घटनाको अनुसन्धान र कारबाही प्रकृयामा प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए । बोगटीले भने ,‘ आरोपित मध्येका १ जना प्रहरी हिरासतमै छन् , बाँकी ३ जना कृयामा बसेका कारण नियन्त्रणमा लिन नमिलेको हो , हिरासतमा रहेका व्याक्तिको बयान पनि लिइरहेका छौं , उसको बयानबाट पनि थप कुराहरु खुल्न सक्छ ।

प्रहरी उपरिक्षक बोगटीले मृतक पिंकी पहिले देखि नै घरेलु हिंसाबाट पिडित भएको उजुरी प्रहरीमा परेकोले ती सबै फाइलहरुका बारेमा पनि अनुसन्धान भइरहेको बताए । उनले भने ,‘ यो घटनामा प्रहरीको तर्फबाट गरिनु पर्ने अनुसन्धान हामीले एकदमै संवेदनशील भएर गरिरहेका छौ , त्यसैले प्रहरीको भुमीकामा कसैले कुनै शंका नगरे हुन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...