Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पालिकाकाे तथ्यांक व्यवस्थित गर्न डाटा म्यानेजमेन्ट तालिम

spot_img
spot_img

वीरगंज । किशाेरी सशक्तिकरणका शिक्षा कार्यक्रम अन्तर्गत ३ दिने डाटा म्यानेजमेन्ट तालिम शुक्रबारदेखि वीरगंजमा सुरु भएकाे छ । दिब्य युवा क्लब पर्सा, भिएसाे नेपाल र हेन्डिकैप इन्टरनेशनलकाे संयुक्त आयाेजनामा संचालित कार्यक्रम अन्तर्गत तालिम आयाेजना गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए । 

गाउँपालिकामा भएको तथ्यांकलाई ब्यवस्तित गर्न तालिम आयोजना गरिएको उनले वताए । कार्यक्रम संचालन रहेकाे धाेबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, तथ्यांक अधिकृत लगायतकाे लागि तालिम आयाेजना गरिएकाे परियाेजना संयाेजक ठकुरीले वताए ।

तालिमकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै शिक्षा बिकास एकाई पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले कुनै पनि कार्यक्रम सफल नहुनुको कारण तथ्यांक नहुनु भएकाे वताए । उनले सबै कार्यक्रमको सफलताको प्रतीक भनेको तथ्यांक नै भएको वताउँदै तथ्याङ ब्यवस्थित गर्न धेरै जरुरी रहेकाे वताए ।

एकाई प्रखुख श्रेष्ठले तालिमले गाउँपालिकाहरुमा अव्यवस्थित रहेकाे तथ्यांक एकीकृत र व्यस्थित गर्न सहयाेग पुग्ने बिश्वास समेत व्यक्त गरे ।

दिब्य युवा क्लबका अध्यक्ष उमेश चौहानले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुकाे गुणस्तर राम्रो नभएको वताए । उनले ती विद्यालयमा भएका समस्याको तथ्यांक नभईदिएका कारण काम गर्न ग्राहो भएको वताए । तथ्यांक नभए खण्डमा याेजना बनाउन र काम गर्न ग्राहाे हुने भएकाेले डाटा म्यानेजमेन्ट तालिमकाे आयाेजना गरिएकाे अध्यक्ष चाैहानले वताए ।

३ दिन सम्म चल्ने तालिममा डाटा एनलिष्ट सनिश गाेपाली र बासुदेव कर्णले प्रशिक्षण दिइरहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...