Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

तेली समाजकाे केन्द्रिय अध्यक्षमा पर्साका विश्वनाथ साह

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपालकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ साह चयन भएका छन् । वीरगंजस्थित नगर सभा गृहमा बिहिबार अबेर राति सम्पन्न तेस्राे महाधिवेशनकाे बन्द सत्रले विश्वनाथ साहकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रिय समिति सर्वसहमत चयन गरेकाे हाे ।

समाजकाे केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्देश्वर साह, उपाध्यक्षमा कपिलदेव साह, जगन्नाथ प्रसाद साह, नेपाली साह, महिला उपाध्यक्षमा निलम साह, महासचिवमा सत्यनारायण साह, सचिवमा दिलिपचन्द्र साह र काेषाध्यक्षमा डा. साेनेलाल साह निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक अरविन्द साहले जानकारी दिए ।

समाजकाे केन्द्रीय सदस्यमा बाराका जाेगिन्द्र साह, राैतहटका रमानन्द साह, नवल साह, दाङका रामलक्ष्मण साह, माेरगंका नरेन्द्र प्रसाद साह, महिला सदस्यमा महाेत्तरीकी शाेभा साह, सर्लाहीकी सुनिता देवी साह र सप्तरीकी सुमिता कुमारी साह सर्वसहमत चयन भएकाे समाजका पर्सा अध्यक्ष ध्रुब साहले जानकारी दिए ।

समाजका नवनिर्वाचित केन्द्रिय कार्य समितिले शुक्रबार वीरगंज मै पत्रकार सम्मेलन गर्दै वीरगंजमा जारी दुई दिने केन्द्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएकाे जनाएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा वाेल्दै नवनिर्वाचित अध्यक्ष विश्वनाथ साहले हजाराैंकाे सहभागितामा तेस्राे केन्द्रिय महाधिवेशन वीरगंजमा भव्य रुपमा सम्पन्न भएकाे वताए । उनले तेली समाजकाे जनसंख्याकाे अधारमा हरेक निकायमा समानुपातिक समावेशिता हुनु पर्ने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...