Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली समाजकाे केन्द्रिय अध्यक्षमा पर्साका विश्वनाथ साह

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपालकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ साह चयन भएका छन् । वीरगंजस्थित नगर सभा गृहमा बिहिबार अबेर राति सम्पन्न तेस्राे महाधिवेशनकाे बन्द सत्रले विश्वनाथ साहकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रिय समिति सर्वसहमत चयन गरेकाे हाे ।

समाजकाे केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्देश्वर साह, उपाध्यक्षमा कपिलदेव साह, जगन्नाथ प्रसाद साह, नेपाली साह, महिला उपाध्यक्षमा निलम साह, महासचिवमा सत्यनारायण साह, सचिवमा दिलिपचन्द्र साह र काेषाध्यक्षमा डा. साेनेलाल साह निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक अरविन्द साहले जानकारी दिए ।

समाजकाे केन्द्रीय सदस्यमा बाराका जाेगिन्द्र साह, राैतहटका रमानन्द साह, नवल साह, दाङका रामलक्ष्मण साह, माेरगंका नरेन्द्र प्रसाद साह, महिला सदस्यमा महाेत्तरीकी शाेभा साह, सर्लाहीकी सुनिता देवी साह र सप्तरीकी सुमिता कुमारी साह सर्वसहमत चयन भएकाे समाजका पर्सा अध्यक्ष ध्रुब साहले जानकारी दिए ।

समाजका नवनिर्वाचित केन्द्रिय कार्य समितिले शुक्रबार वीरगंज मै पत्रकार सम्मेलन गर्दै वीरगंजमा जारी दुई दिने केन्द्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएकाे जनाएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा वाेल्दै नवनिर्वाचित अध्यक्ष विश्वनाथ साहले हजाराैंकाे सहभागितामा तेस्राे केन्द्रिय महाधिवेशन वीरगंजमा भव्य रुपमा सम्पन्न भएकाे वताए । उनले तेली समाजकाे जनसंख्याकाे अधारमा हरेक निकायमा समानुपातिक समावेशिता हुनु पर्ने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...