Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

गुणस्तरहिन घ्यू उत्पादन गर्ने बाराकाे दुई उद्याेगमा सिलबन्दी

spot_img
spot_img

वीरगंज । गुणस्तरहिन ध्यु उत्पादन गर्ने बाराकाे दुई उद्याेगमा सिलबन्दी गरिएकाे छ ।  बाराकाे फेटा गाउँपालिका वडा नं.२ जगतपुर टोलमा संचालित गहवामाई वेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा शिलबन्दी गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

सिलबन्दी गरिएकाे उद्याेगहरुबाट तयारी ध्यु ११६१ लिटर, बेकरी १६०० लिटर र कच्चा पदार्थ १५० लिटर बरामद समेत गरिएकाे प्रहरीले जनाएकाे छ ।

बुधबार दिउँसो गुणस्तरहिन घ्यू उत्पादन भईरहेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, बारा, खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय बाराका सिनियर प्रहरी अधिकृत समेतकाे सहभागितामा खटिएको संयुक्त अगुमन टोलीले दुबै उद्योगमा शिलबन्दी गरेकाे हाे ।

उद्याेगमा अनुगमन गर्दा उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुँदा स्थानिय प्रतिनिधि समेतको रोहबरमा निम्न उल्लेखित परिमाणमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका अपराध अनुसन्धान शाखाले जनाएकाे छ ।

सिलबन्दी गरिएकाे उद्याेगबाट गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर), रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर), माँ लक्ष्मी लेखिएको १ लि.को १८ बट्टा (१८ लिटर) र साेर्टेनी लेखिएको ८० कार्टुन बेकरी ( १६०० लिटर) तयारी तथा कच्चा पदार्थ बरामद भएकाे छ ।

यसैगरी घ्यू तयारको लागि राखिएको प्रति ५० लिटर भएको ३ ड्रम कच्चा पदार्थ १५० लिटर समेत बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...