Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

निर्वाचन खर्चकाे विवरण नबुझाउने पर्साका १२ पालिका प्रमुखलाई जरिवाना

spot_img
spot_img

वीरगंज । स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित पर्साका १२ पालिका प्रमुखलाई जरिवाना भएकाे छ । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहसहित पर्साका १२ पालिका प्रमुखलाई जरिवाना भएकाे हाे ।

वीरगंज महानगरपालिकाका प्रमुख सिंह, उप प्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गाेकर्ण पाठक, उप प्रमुख पूजा चाैधरी, पाेखरिया नगरपालिकाका प्रमुख प्रधुमन चाैहान, उप प्रमुख रुबि ठाकुर, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली र उप प्रमुख सुस्मा कुमारी कुशवाहालाई जरिवाना भएकाे छ ।

यसैगरी छिपहरमाई गाउँपालिकाका प्रमुख मनाेज गुप्ता, उप प्रमुख लिलावती देवी कानु, धाेबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चाैहान, उप प्रमुख मंजु देवी, पकहा मैनपुर गाउँपालिकाका प्रमुख सुरेश मेहता, उप प्रमुख सरफुन नेसा, बिन्दवासिनी गाउँपालिका प्रमुख प्रमाेद कुमार तिवारी, सखुवा प्रसाैनी गाउँपालिका प्रमुख यसवन्त यादव, उप प्रमुख सर्मिला बिष्ट, कालिकामाई गाउँपालिका प्रमुख बशिष्ट गुप्ता, जिराभवानी गाउँपालिका प्रमुख अनाेज चाैधरी, जगरनाथपुर गाउँपालिकाकी उप प्रमुख बबिता सिंह, पटेर्वा सुगाैली गाउँपालिकाकी उप प्रमुख ममता महताे, ठाेरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र उप प्रमुख गाेकुल कुमारी श्रेष्ठलाई जरिवाना भएकाे छ ।

यसैगरी वीरगंज महानगरपालिकाकाे ३२ वटै वडाका वडाध्यक्ष र अन्य पालिकाका पनि समय मै निर्वाचन खर्चकाे विवरण नबुझाउने अधिकांश वडाध्यक्षहरुलाई निर्वाचन आयाेगले जरिवाना गरेकाे छ । 

निर्वाचन आयोगको मिति २०७९ साउन ३१ को निर्णय बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनीएकोमा सो समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा स्पष्टीकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा जरिवाना गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा बमोजिम महानगरपालिका प्रमुख, उप प्रमुखका उम्मेदवारलाई जनही रु. ७ लाख ५० हजार, वडाध्यक्ष, वडा सदस्यका उम्मेदवारहरुलाई जनही रु ३ लाख, नगरपालिकाका प्रमुख, उप प्रमुखका उम्मेदवारहरुलाई जनही रु ४ लाख ५० हजार, वडाध्यक, वडा सदस्यका उम्मेदवारहरुलाई रु २ लाख, गाउँपालिका प्रमुख, उप प्रमुखका उम्मेदवारहरुलाई जनही रु ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुलाई रु १ लाख ५० हजारकाे दरले जरिवाना भएकाे छ ।

जरिवाना नबुजाउने उम्मेदवाहरुले अगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने निर्वाचन आयाेगले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...