Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

पाेखरिया झन्डा मेलाकाे गापा अध्यक्ष मेहताद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । जितिया पर्वकाे अवसरमा सोमबार पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ५ गदियानी पाेखरियामा झन्डा मेला सम्पन्न भएको छ । मेलाकाे एक कार्यक्रमकाे बिच पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले उद्घाटन गरेका थिए ।

मेलाकाे उद्घाट गर्दै गाउँपालिका अध्यक्ष मेहताले पूर्वकाल देखि लाग्दै आएकाे मेला हाम्राे संस्कृति रहेकाेले यसकाे संरक्षण जरुरी रहेकाे वताए । उनले हाम्राे संस्कृति संरक्षण बचाई राख्न गाउँपालिकाले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।

साे अवसरमा नेपाली कांग्रेस पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चाैहान, कालिकामाई गाउँपालिकाका सभापति छठु साह,  वडाध्यक्ष बलिराम प्रसाद चाैरसिया, नेता नसुरल्लाह मियाँ, अनिल साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

महाविरी झन्डा मेला प्रत्येक बर्ष जितियाकाे भाेली पल्ट लाग्ने गर्दछ । मेला सांस्कृतिक कार्यक्रमकाे समेत आयाेजना गरिएकाे थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...