Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

फोटो पत्रकारिता अवार्ड २०२२ का लागी पर्साका ४ जना मनोनयन

spot_img
spot_img
 
प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड २०२२ मा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटो पत्रकारहरु छनौट भएका छन । जसमध्ये पर्साका चार जना छनौट भएका छन । पर्साबाट कान्तिपुर टेलिभिजनमा कार्यरत पंकज श्रेष्ठ, नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादव, ग्यालेक्सी टेलिभिजनमा कार्यरत जियालाल प्रसाद साह र मध्य नेपालकी कबिता खड्का छनौट भएको आयोजक राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) का कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिए ।
 
उक्त मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्यवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटो पत्रकारिता अवार्ड २०२२ वाट यही २०७९ साल असोज ६ गते संस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना गरी अवार्ड वितरण गरिने उनले बताए ।
 
उक्त कार्यक्रममा फोटो पत्रकारितालाई जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथगरि रहनु भएका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको कार्यक्रम संयोजक वन्तले बताए । साथै उक्त कार्यक्रममा अन्य विधिन्न विधाका पुरस्कारहरु पनि वितरण गरिनेछ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...