Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे गाउँ सभा सम्पन्न, रु ४२ कराेड ६६ लाख बराबरकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाँउपालिकाको ८ औँ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभाकाे तेस्राे बैठकले आ.व. २०७९/०८० को नीति, कार्याक्रम तथा बजेट बहुमतले पारित गरेको छ ।

श्री ने.रा. आधारभुत विद्यालय हरिहरपुर विर्तामा भएको सभामा गाउँपालिका अध्यक्ष गुप्ताले रु ४२ करोड़ ६६ लाख ४० हजार २ सय ९२ काे बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत बजेटमा सम्पुरक काेष एक कराेड, विपद व्यवस्थापन काेष ४० लाख, ट्याक्टर र सेप्टी टयांकी खरिद २० लाख, सडक बत्ती खरिद तथा जडान २० लाख, अव्यवस्थित पाेलहरु व्यवस्थीत गर्न १० लाख, बायाेमेट्रीक जडान १० लाख, गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरुलाई अत्याधुनिक बनाई व्यवस्थापन गर्न १० लाख, गाउँपालिकाकाे सम्पुर्ण स्वास्थ्य चाैकीहरुलाई अत्याधुनिक बनाई व्यवस्थापन गर्न १५ लाख लगायतका याेजनाहरु रहेका छन् ।

सभामा आर्थिक विधेयक, विनियोजन विधेयकसहित गाउँपालिकाको आवश्यक एनहरुको विधेयकहरु समेत पारित भएको गाउँपालिकाले जनाएको छ ।

गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि, वडाध्यक्षहरु लालबाबु चौरसिया, संजय पटेल, जयनारायण प्रसाद कुर्मी लगायत गाउँ सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

यश अघि धेरै पटेक गाउँ सभाको बैठक बोलाईए पनि बहुमत नपुगेर हुन सकेको थिएन । गाउँ सभा विषय मै असार ३१ गते दुई पक्ष बिच झडप हुँदा एक दुबै पक्षका एक दर्जन भन्दा बढी ब्यक्तीहरु घाईते समेत भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...