Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

फाेटाे पत्रकार महासंघकाे महाधिवेशनमा पर्साका ५ जना सम्मानित

spot_img
spot_img

वीरगंज ।  नेपाल फोटो पत्रकार महासंघकाे दाेस्राे केन्द्रिय महाधिवेशनमा पर्साबाट ५ जना पत्रकार सम्मानित भएका छन् । चितवनकाे सराैहामा जारी महाधिवेशनकाे उद्घाटन सत्रमा फाेटाे पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्षसहित ५ जना सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहान, मधेश प्रदेशका महासचिव श्याम बंजारा, फाेटाे पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष राम सर्राफ, मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ र निर्वतमान पर्सा जिल्ला अध्यक्ष विजय चाैहान रहेका छन् ।

नेपाल फाेटाे पत्रकार महासंघका केन्द्रिय अध्यक्ष ध्रुव आलेकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा प्रमुख अतिथी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले फाेटाे पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सर्राफ, मधेश प्रदेशका अध्यक्ष श्रेष्ठ र पर्सा जिल्लाका निर्वतमान अध्यक्ष चाैहानलाई दाेसला ओढाएर कदर पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव चाैहान र मधेश प्रदेशका महासचिव बंजारा उपस्थित नभएकाले दुबै जनाका प्रतिनिधिहरुलाई कदर पत्र हस्तान्तरण गरिएकाे थियाे ।

थारु सांस्कृतिक भवन साैराहामा भएकाे महाधिवेशन उद्घाटन समाराेहमा नेपाल पत्रकार महासंघका सचिव सृजना अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल फोटो पत्रकार महासंघका सातै प्रदेशका अध्यक्षहरु लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्यस अघि बिहिबार विहान प्रभात फेरि समेत निकालिएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...