Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडने सुनिल गुप्ताकाे घोषणा

spot_img
spot_img

वीरगंज । राजनीतिक दलहरुबाट जनता आजीत भइसकेको भन्दै युवा नेता सुनिल प्रसाद गुप्ताले सर्लाही निर्वाचन क्षेत्र नं. ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

युवा नेता गुप्ताले जनताको चाहना अनुसार नै आफू मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेद्वारीको घोषणा गरेको वताए ।

उनले भने, ‘म विद्यार्थीकालदेखि नै मधेशको राजनीतिमा सक्रिय भएको हुँ । विभिन्न मधेशवादाी दलहरुमा लागेर मधेशको मुद्दाहरु उठाउँदै आएको थिँए । तर ती दलहरुले मुद्दा छोडिसकेकाले स्वतन्त्र रुप मै लड्ने निर्णयमा पुगेको हुँ ।’

कुनै दलले तपाइँलाई टिकट नदिने भएपछि स्वतन्त्रमा उम्मेद्वारी घोषणा गर्नुभएको हो भन्ने प्रश्नमा गुप्ताले भने, ‘मलाई अहिले पनि विभिन्न पार्टीबाट टिकटका लागि अफर आइरहेकाे छ । तर म स्वतन्त्ररुपमा मै उम्मेद्वारी दिनेछु र जित्नेछु भन्ने मलाई विश्वास छ ।’

देशभरि अहिले स्वतन्त्र उम्मेद्वारको अभियान चलेको पनि आफू स्वतन्त्र रुपमा नै जाने उनले बताए । गत स्थानीय चुनावमा बालेन साह, हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारहरु जितेकोले सोबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले वताए ।

केही समय पहिला गुप्ता लगायतका युवा नेताहरुले मधेशी जनता पार्टी पनि गठन गरेका थिए । तर सो पार्टीलाई निरन्तरता दिन सकेनन् । उनले आफू यदि जिते भने मधेशी जनता पार्टीलाई पुनः जीवित गर्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...