Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

ऐश्वर्या श्रेष्ठले जितिन मिस ग्रान्ड नेपाल

spot_img
spot_img

वीरगंज । २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छन् र उनी मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै छिन् ।

वर्षा भंडारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप भए । कार्यक्रममा अभिनेता/मोडल अनुप विक्रम शाही, र्‍यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक थिए ।

कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए । ग्राण्ड नेपालको मुख्य विषय युद्ध र हिंसा रोकिने छ । अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वभर शान्ति निर्माण र युद्ध र हिंसाको अन्त्यका लागि वकालत गर्ने आश्वासन दिन्छ ।

त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जिते ।

कार्यक्रम लाजिम्पाटको शंकर होटलमा आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पूर्व मिस ग्रान्ड उरुषा जोशीले गरेकी थिइन । कार्यक्रम ३६५ एवेन्ट्सद्वारा लागू गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...