Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

जसपाकी प्रदेश सांसद डा. अन्जु यादव एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेश सभा सदस्य डा. अन्जु यादव नेकपा एमाले प्रवेश गरेकी छिन । साेमबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य समेत रहेकी यादव एमाले प्रवेश गरिकी हुन ।

यादवलाई पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए । यादव तत्कालिन राजपाबाट समानुपातिकमा प्रदेश सभा सदस्य बनेकी थिईन । राजपा र संघिय समाजवादी फोरम एकिकरण भई जसपा पार्टी निर्माण भई पुनः पार्टी बिभाजन हुँदा यादव जसपामै बसेकि थिइन ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव एवम् मधेस प्रदेश ईन्चार्ज रघुबिर महाशेठ र जिल्ला कमिटी अध्यक्ष राजकिशोर यादवले ओलीलाई २०५ किलोको माला लगाएर स्वागत समेत गरेका थिए ।

उक्त कार्यक्रममा पोलिटब्यूरो सदस्य जुली महतो, ज्वाला साह, अछुत मैनाली, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रभु हाजरा, प्रदेश सह सचिव आरती भन्डारी लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ओलीलाई कालाे झन्डा देखाउने ११ जना पक्राउ

यसैबिच एमाले अध्यक्ष ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले प्रक्राउ गरेकाे थियाे । नागरिकता विहीन युवाहरूले ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेको थियो । ओली सोमबार जनकपुर आउँदा क्याम्पस चोकमा नागरिकताविहीन युवाहरुले कालो भण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट कार्यक्रमस्थल तिरुहुतिया गाछी जान लागेका बेला क्याम्पस चोकमा जम्मा भएका नागरिकताविहीन युवाले कालो झण्डा देखाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी अवरुद्ध र कालो झण्डा देखाउने योजना बनाएको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताए ।

नागरिकताविहीन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले नागरिकता विधेयक पारित गर्न नेकपा एमालेका अध्यक्ष ओली सहयोग नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नमानेको विरोध कालो झण्डा देखाउने प्रयास गरिएको बताए । 

निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताएका हुन् ।

नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको साेमबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”

एमाले सरकारमा जानका लागि नभइ मुलुकलाई बर्वादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उनले जनताको सद्भाव र एकताका लागि निर्वाचनमा गएको बताए । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी निर्वाचनमा जान लागेको उनको भनाइ छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...