Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सेनाकाे नि:शुल्क आँखा परिक्षण

spot_img
spot_img

परवानीपुर । क्रियाशिल युवा पत्रकार मञ्च नेपालको आयोजनामा साेमबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । ‘पारदर्शीता, निष्ठा र निर्भिकता–हाम्रो साझा प्रतिबद्धता’ भन्ने ध्येयका साथ स्थापित क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित शिविरमा १६ महिला सहित २ सय २५ जनाले आँखा परीक्षण गराएका छन् ।

श्री श्रीजंग गण पर्साको सहकार्यमा सम्पन्न शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका अप्टोमेटिट्स प्रभात चौरसिया नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो । श्री श्रीजंग गणका प्रमुख डायमण्ड कार्कीले आफ्नो आँखा परिक्षण गराई कार्यक्रमको शुभारम्भ गरेका थिए l

मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न शिविरमा परीक्षण गराएका २ सय २५ जना मध्ये कसैमा पनि मोतियाबिन्दु फेला नपरेको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए । शिविरमा उषा कुमाल, अरूणा रायमाझी, लक्ष्मी बरै, निरा पौडेल, कृष्ण तिवारी, प्रमेन्द्र कुमार पासवान, कल्याण प्रसाद घिमिरे, सिताराम थापा लगायतले आँखा परीक्षण गराएका पटेलले वताए ।

आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको मञ्चका महासचिव बिरेन्द्र साहले वताए । शिविरमा मंचका कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरु ओमप्रकाश बर्णवाल, निलम चौधरी, कन्हैयालाल वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...