Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

समाजमा रहेकाे कुरुती हटनु पर्छ : अध्यक्ष साह

spot_img
spot_img

वीरगंज । कालिकामाई युवा समाजकाे आयाेजनामा शनिबार वीरगंजमा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे रानिघाटस्थित सत्यम कलेजमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजमा रहेकाे कुरुती हटाउन जरुरी रहेकाे वताए ।

कार्यक्रमलाई प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै अध्यक्ष साहले बालविवाह र दाेइजाे प्रथा नियन्त्रणकाे लागि समाजिक बहिस्कार जरुरी रहेकाे वताए । उनले बालविवाह र दाइजाे लिएर गर्नेमा विवाह हामीले बहिस्कार गर्नु पर्ने धारणा राखे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष साहले यसका साथै बालविवाह गर्नेकाे जम्मदर्ता, विवाह दर्ता लगायकाे सिफारिसमा राेक लगाएर गए नियन्त्रण गर्न सकिने वताए । 

सत्यम कलेजका निर्देशक संजय यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कालिकामाई गाउँपालिकाका उपाध्यक्षकी प्रतिनिधि राधाकिशुन प्रसाद चाैरसिया, बाबा बि फिल्म प्राेडक्सनकी कलाकार साेमिया पाेखरेल, निर्देशक कृष्ण पण्डित, संताेष साह, प्रिया मिश्र, कालिका एकेडमीका संचालक जय प्रकाश चाैरसिया लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन युवा समाजका आकाश चाैरसियाले गरेका थिए भने स्वागत मन्तव्य युवा समाज कै सुजित कुशवाहले राखेका थिए ।

कार्यक्रममा बालवाह र दाइजाे प्रथा विरुद्ध काम गर्ने विभिन्न संघ/संस्था, कलाकार र व्यक्तिहरुलाई सम्मान गरिएकाे थियाे । युवा समाजका साबिर मियाँ, राजकिशाेर साह, शेखर पटेल, राजेश कुशवाहा, विशाल कुशवाहा लगायतकाले खादा र अविरकाे टिका लगाएर कदर पत्रले विभिन्न व्यक्ति र संघ/संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...