Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जिराभवानीमा माओवादीकाे पालिका स्तरिय भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य  बिरेन्द्र प्रसाद यादवले देशको अहिलेको अवस्था परिवर्तनका लागि व्यावस्था परिवर्तन गरेको नेकपा माओवादी केन्द्रले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

पार्टीको पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत जिराभवानी गाउँपालिकाको सुपौलीमा शुक्रबार भएको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले नेपालको व्यावस्था परिवर्तन नेकपा माओवादी केन्द्रले नै गरेको बताउँदै अवस्था परिवर्तनका लागि अब माओवादी केन्द्रलाई नै विजयी गराउनु पर्ने बताए ।

उनले क्षेत्र नम्बर ४ मा माओवादी पार्टीमा जनलहर बढेको बताउँदै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीलाई पर्सा जिल्ला मै पहिलो पार्टी बताउन कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरे । पार्टीका गाउँपालिका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, नेताहरु कृष्णमोहन प्रसाद यादव, नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेश अध्यक्ष लवकुश बैठा, जिल्ला अध्यक्ष महेन्द्र राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन लहवर रामले गरेका थिए भने स्वागत मन्तव्य भोला दास थारुले राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...