Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

रानिघाटमा घुम्ति स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । स्व. सुशील खेतान (टेपु खेतान)को सम्झनामा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित अस्थायी प्रहरी पोष्ट रानिघाटमा भएकाे शिविरमा २८५ जना स्थानियले स्वास्थ्य परिण गराएकाे वीरगंज सामुदायिक आखाँ हस्पिटलका संयाेज डा. महेश सिंह धामीले जानकारी दिए ।
 
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा, वीरगंज सामुदायिक आँखा हस्पिटल वीरगंज, रुँगटा वेल फेयर सोसाइटी वीरगंज र प्रभु हस्पिटल वीरगंजको सयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।
 
घुम्ति शिविरमा निशुल्क औषधी समेत वितरण गरिएकाे उनले जानकारी गराए ।
 
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानकाे अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरी, प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, वीरगंज १० का वडाध्यक्ष सशिल कुमार कानु, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्ली राज सापकाेटा, रूगटा वेल फेयर सोसाइटी वीरगंज पर्साका सुरेश रुंगटा, व्यवस्थित वीरगंज अभियानका संयाेजक दिलिप राज कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...