Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

एमालेबाट पर्सा क्षेत्र नं. २ मा पूर्व मेयर सरावगीकाे नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारकाे लागि वीरगंज महानगरपालिकाका पूर्ब मेयर विजय कुमार सरावगीको नाम सिफारिस भएको छ ।

सोमबार बसेको पर्सा क्षेत्र नं. २ एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्ष तर्फकाे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे लागि सरावगीको नाम सिफारिस गरेको हो । सरावगी २०७९ सालकाे स्थानिय तह निर्वाचनमा वीरगंज महानगरपालिकाकाे मेयर पदमा पनि चुनाव लडेका थिए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा र बसरुदिन अन्सारिको नाम पनि सिफारिस भएको एमाले वीरगंज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...