Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंजकाे बसपार्कबाट चाेरी भएकाे बस भिस्वामा फेला पर्याे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बसर्पाक एरियाबाट चोरी भएको यात्रुबाहक मिनि बस पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ स्थित भिस्वा सिकटा नाकामा फेला पारेको छ ।

बस चाेरी भएकाे जानकारी पश्चात खाेज तलाशकाे क्रममा नेपाल भारत सिमा भिस्वा सिकटा नाका नजिकै वेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्ष दिपक गिरीले बताए ।

आईतबार दिउँसो वीरगंजकाे बसपार्क नजिकै भिस्वा होटल चौकबाट वीरगंझ जनकपुर चल्ने यात्रुबाहक मिनि बसनै चोरी भएको थियो । भिस्वा होटल चोकमा पार्किङ्ग गरी राखिएको सौदागर कम्पनीको ना ८ ख ७६८४ नम्बरको मिनि बस चोरी भएको थियो ।

आईतबार बेलुका सम्म बस नभेटिएपछि पिडित बसका साहु लक्ष्मी नारायण रौनियारले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजुरी नै दर्ता गराएका थिए । प्रहरीले उजुरीमाथि छानविन र घटना स्थलमा जडान गरिएको सिसी क्यामरा फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा सिकटा भिस्वामा उक्त चोरीको बस बेवारीसे अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक गिरीले बताए ।

चोरीको आशंकामा बसका सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भईरहेको उनले बताए । बेवारिसे भेटिएको बसलाई वीरगंज ल्याउँने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । चोरहरुले बसलाई ग्रामिण भिस्वा नाका प्रयोग गरी भारत भित्रियाउँने योजना हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाकाे सदरमुकाम वीरगंजबाट दिउसै बस चाेरीकाे घटना बाहिरिएकाे पछि वीरगंजकाे सुरक्षा ब्यवस्था फित्लाे रहेकाे सहजै अनुमान गर्न सकिन्छ । चाेरी भएकाे ठाउँमा बसपार्कमा समेत प्रहरी चाैकी रहेपनि दिउसै बस चाेरी हुनु घटनाले स्थानिय बासी अचम्मित भएका थिए ।

अहिले पर्सा प्रहरी सुरक्षा ब्यवस्थामा तादरुकता देखाउनु भन्दा तस्करी गराउनुमा ब्यस्थ देखिएकाे स्थानियहरुले आराेप समेत लगाउन थालेका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...