Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंजकाे बसपार्कबाट चाेरी भएकाे बस भिस्वामा फेला पर्याे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बसर्पाक एरियाबाट चोरी भएको यात्रुबाहक मिनि बस पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ स्थित भिस्वा सिकटा नाकामा फेला पारेको छ ।

बस चाेरी भएकाे जानकारी पश्चात खाेज तलाशकाे क्रममा नेपाल भारत सिमा भिस्वा सिकटा नाका नजिकै वेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्ष दिपक गिरीले बताए ।

आईतबार दिउँसो वीरगंजकाे बसपार्क नजिकै भिस्वा होटल चौकबाट वीरगंझ जनकपुर चल्ने यात्रुबाहक मिनि बसनै चोरी भएको थियो । भिस्वा होटल चोकमा पार्किङ्ग गरी राखिएको सौदागर कम्पनीको ना ८ ख ७६८४ नम्बरको मिनि बस चोरी भएको थियो ।

आईतबार बेलुका सम्म बस नभेटिएपछि पिडित बसका साहु लक्ष्मी नारायण रौनियारले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजुरी नै दर्ता गराएका थिए । प्रहरीले उजुरीमाथि छानविन र घटना स्थलमा जडान गरिएको सिसी क्यामरा फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा सिकटा भिस्वामा उक्त चोरीको बस बेवारीसे अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक गिरीले बताए ।

चोरीको आशंकामा बसका सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भईरहेको उनले बताए । बेवारिसे भेटिएको बसलाई वीरगंज ल्याउँने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । चोरहरुले बसलाई ग्रामिण भिस्वा नाका प्रयोग गरी भारत भित्रियाउँने योजना हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाकाे सदरमुकाम वीरगंजबाट दिउसै बस चाेरीकाे घटना बाहिरिएकाे पछि वीरगंजकाे सुरक्षा ब्यवस्था फित्लाे रहेकाे सहजै अनुमान गर्न सकिन्छ । चाेरी भएकाे ठाउँमा बसपार्कमा समेत प्रहरी चाैकी रहेपनि दिउसै बस चाेरी हुनु घटनाले स्थानिय बासी अचम्मित भएका थिए ।

अहिले पर्सा प्रहरी सुरक्षा ब्यवस्थामा तादरुकता देखाउनु भन्दा तस्करी गराउनुमा ब्यस्थ देखिएकाे स्थानियहरुले आराेप समेत लगाउन थालेका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...