Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशबाट निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठक साेमबार सम्पन्न भएकाे छ ।  नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे भवनमा बसेकाे बैठकले निर्वतमान अध्यक्ष विजय चाैहान नेतृत्वकाे कार्य समितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

जिल्ला शाखाका अध्यक्ष सफल खतिवडाकाे अध्यक्षतामा बसेकाे बैठकले भदाै २९ देखि ३१ सम्म चितवनमा हुने केन्द्रिय दाेस्राे महाधिवेशकाे प्रतिनिधि पर्साबाट तेस्राे जिल्ला अधिवेशले चयन गरे अनुसार राम सर्राफ, पंकज श्रेष्ठ, विजय चाैहान र क्रान्ति साहकाे नाम पठाउने सर्वसहमतिबाट निर्णय गरेकाे छ ।

बैठकले केन्द्रिय महाधिवेशनमा पर्साबाट सहभागि हुन तयारीकाे सम्पूर्ण जिम्मेवारी जिल्ला कार्य समितिका पदाधिकारीलाई दिएकाे छ । 

साथै बैठकले नयाँ कार्य समितिका अध्यक्ष खतिवडा र काेषाध्यक्ष शम्भु कुमार सुमनको नामले महासंघकाे आर्थिक काराेबार संचालनकाे लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेकाे खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेकाे महासंघ पर्साका सचिव श्रवण साहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काकाे विशेष उपस्थितीमा भएकाे बैठकमा फाेटाे पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन रौनियार, विनाेद पटेल, प्रणय साह, आराेहण साह, राहुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...