Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

एमालेबाट पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभामा ३ जनाकाे सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेबाट पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्ष तर्फका उम्मेदवारका लागि ३ जनाकाे नाम सिफारिस भएकाे छ । प्रतिनिधिसभा क्षेत्रिय समन्वय समितिकाे बैठकले आफ्नाे नामसहित ३ जनाकाे नाम सिफारिस गरेकाे एमालेका जिल्ला अध्यक्ष जय प्रकाश थारुलेेेेेेे जानकारी दिए ।

जिराभवानी गाउँपालिकाकाे वडा नं. ४ गंजभवानीपुरस्थित रामजानकी मन्दिरकाे प्राङ्गणमा बसेकाे बैठकले प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारकाे लागि जय प्रकाश थारु, जालिम मियाँ र खगेन्द्र बहादुर श्रेष्ठकाे नाम सिफारिस गरेकाे हाे ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (क) बाट प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फका उम्मेदवारकाे लागि ५ जनाकाे नाम सिफारिस भएकाे जिल्ला अध्यक्ष थारुले वताए । उनका अनुसार प्रतिनिधिसभा सदस्यमा पनि सिफारसिस भएका जयप्रकाश थारु, जालिम मियाँ, खगेन्द्र बहादुर श्रेष्ठसहित ५ जनाकाे नाम सिफारिस भएकाे हाे । अन्य दुई जनामा ठाकुर प्रसाद न्याैपाने र लेखमन थापा रहेका छन् ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (ख) बाट प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे उम्मेदवारकाे लागि ६ जनाकाे नाम सिफारिस भएकाे जिल्ला अध्यक्ष थारुले वताए । अध्यक्ष थारुका अनुसार बलिराम साह, सुरेश पटेल, पहलाद गुप्ता, पवन तिवारी, हरिन्द्र हाजारा, एकबाली यादवकाे नाम क्षेत्रिय समन्वय समितिले सिफारिस गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...