Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

एमालेबाट पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभामा ३ जनाकाे सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेबाट पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्ष तर्फका उम्मेदवारका लागि ३ जनाकाे नाम सिफारिस भएकाे छ । प्रतिनिधिसभा क्षेत्रिय समन्वय समितिकाे बैठकले आफ्नाे नामसहित ३ जनाकाे नाम सिफारिस गरेकाे एमालेका जिल्ला अध्यक्ष जय प्रकाश थारुलेेेेेेे जानकारी दिए ।

जिराभवानी गाउँपालिकाकाे वडा नं. ४ गंजभवानीपुरस्थित रामजानकी मन्दिरकाे प्राङ्गणमा बसेकाे बैठकले प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारकाे लागि जय प्रकाश थारु, जालिम मियाँ र खगेन्द्र बहादुर श्रेष्ठकाे नाम सिफारिस गरेकाे हाे ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (क) बाट प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फका उम्मेदवारकाे लागि ५ जनाकाे नाम सिफारिस भएकाे जिल्ला अध्यक्ष थारुले वताए । उनका अनुसार प्रतिनिधिसभा सदस्यमा पनि सिफारसिस भएका जयप्रकाश थारु, जालिम मियाँ, खगेन्द्र बहादुर श्रेष्ठसहित ५ जनाकाे नाम सिफारिस भएकाे हाे । अन्य दुई जनामा ठाकुर प्रसाद न्याैपाने र लेखमन थापा रहेका छन् ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (ख) बाट प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे उम्मेदवारकाे लागि ६ जनाकाे नाम सिफारिस भएकाे जिल्ला अध्यक्ष थारुले वताए । अध्यक्ष थारुका अनुसार बलिराम साह, सुरेश पटेल, पहलाद गुप्ता, पवन तिवारी, हरिन्द्र हाजारा, एकबाली यादवकाे नाम क्षेत्रिय समन्वय समितिले सिफारिस गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...