Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

मेयर सिंहकाे १०० दिन : घण्टाघरकाे सडक निर्माणदेखि मलकाे व्यवस्था सम्म

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । महानगरपालिकाको सभाकक्षमा शुक्रबार पत्रकार सम्मेलन गरी मेयर सिंहले सपथग्रहण गरेदेखि १ सय दिनसम्म गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

२०७९ जेठ १२ गते सपथग्रहण गरेदेखि हालसम्मको १ सय दिनमा जनताको दैनिकी जीवनसँग जोडिएका समस्यालाई समाधान गरिएको भन्दै मेयर सिंहले छिटो छरितो र सहज सेवा प्रदान, नक्सा शाखाको फाइलहरुको विवरण सार्वजनिक, अधिवक्ताको व्यवस्थापन तथा नियुक्ति, महानगरभित्रको घरहरुको तथ्याँक संकलनको काम लगायतको कामहरुको शुरुवात भएको दाबी गरे ।

उनले महानगरले अनिवार्य शुल्क बाहेक सेवाग्राहीसँग असुलिने गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै एसि जडान, खानेपानीको व्यवस्था, बेञ्चको व्यवस्था, डिजिटल टोकनको व्यवस्थाको साथसाथै कर्मचारीहरुलाई निगरानी गर्नका लागि ई–हाजिरीको व्यवस्था, प्रत्येक शाखामा सिसिटिभि जडान, इन्टरकम फोन जडान जस्ता कार्यहरु भएको बताए ।

त्यसैगरि एक वडामा एक सचिव सहित सहायक सचिवको व्यवस्था, प्रत्येक वडामा कम्प्युटर अपरेटरको व्यवस्था र सोही स्थानबाट व्यवसाय कर, बहाल कर तथा एकिकृत सम्पत्ति कर लगायतको कर तिर्ने व्यवस्था मिलाइएको भन्दै मेयर सिंहले १ हजार वर्गमिटरसम्मको घरको नक्सा पास वडाबाटै गर्न मिल्नेगरि नीति बनाइएको मेयर सिंहको दाबी छ ।

यसरी नै मुख्य सडक र ठूला नालाहरुको सफाई गर्नुका साथै कैलाश होटल आसपासका नालामाथिको अतिक्रमण भत्काइनुको साथै घण्टाघरको सडक निर्माण, मुख्य सडकमा पानी जम्ने समस्यालाई समाधान गर्न पावरहाउस चोकदेखि घण्टाघरसम्मको ११ स्थानमा चेम्बर निर्माण गरि पानी निकासको व्यवस्था मिलाइएको मेयर सिंहले बताए ।

उनले १० हजार घरधुरीको घरेलु मिटरमा अधिकत्म ३० युनिट र महानगरभित्रका ४ सय ७० कृषि मिटरको सम्पूर्ण विद्युत खपतको भुक्तानी महानगरले गर्ने निर्णय भएको र सो कार्यान्वयनको अन्तिम चरणमा रहेको मेयर सिंहको भनाई छ ।

यसैगरि सवारी व्यवस्थापन कर खारेज, महानगरका सम्पूर्ण करहरुको पुनरावलोकन गर्दै कर घटाइएको छ भने छाडा चौपाया नियन्त्रण, जरिवाना र मेडिकल वेष्ट जथाभावी फाल्नेलाई जरिवाना गर्ने कामलाई निरन्तरता दिएको उनले वताए ।

यस महानगरपालिकाको कृषकहरुको सुविधालाई मध्यनजर गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडबाट महानगरले पाएको कोटा २७ सय ७१ बोरा बाहेक थप १० हजार बोराको सहमति गरिएको गर्नुकाे साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग समेत थप २ हजार बोरा युरिया मल र २ हजार बोरा डिएपी मल लिई वितरण गर्ने काम अन्तिम चरणमा पुगेको मेयर सिंहले वताए ।

धार्मिक स्थलको सौन्दर्यीकरण अन्तर्गत गहवामाई मन्दिर अगाडि सडक तथा पेटि युरोपियन स्टान्डर्डको पेवर्स (इन्टरलक) लगाउने काम तथा सौन्दर्यीकरणको काम भइरहेको वताउँदै त्यसका अलावा मन्दिरलाई आधुनिक बत्तिबाट सजाउने कामको समेत चाँडै शुरुवात हुने तथा घण्टाघर, शंकराचार्य गेटलाई समेत डिजिटल लाइटिङ्गको काम अघि सारिएको मेयर सिंहले जानकारी गराए ।

उनका अनुसार सँस्थागत विद्यालयमा देखा परेको समस्यालाई दीर्घकालीन समाधानको लागि शिक्षा समितिलाई पूर्णता दिनुका साथै सामुदिायिक विद्यालयको समस्या समाधानको लागि व्यवस्थापन समिति गठन, भौतिक पूर्वाधार निर्माण लगायतको काम अघि बढाइएको बताए ।

त्यसैगरि प्रत्येक वडामै पुग्नेगरि स्वास्थ्यकर्मी तथा प्रयोगशाला सहितको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम संचालन, ल्याब जडित गाडी, एम.बि.बि.एस. डाक्टर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, सिएमए तथा अनमि सहितको टोली खटाइने भन्दै मेयर सिंहले वीरगंज महानगरपालिकाको अवस्थाबारे जानकारी प्रदान गर्न स्वेतपत्र पनि जारी गरिएको बताए ।

बसर्पाकको पुनः निर्माणको काम पनि अगाडि बढाइएको वताउँदै ट्राफिक जामको समस्यालाई निराकरण गर्न ई–रिक्सालाई महानगरमा दर्ता गर्नुका साथै रुट निर्धारण गर्ने काम पनि अगाडि बढाइएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा उप मेयर इम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पाैडेल लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...