Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

spot_img
spot_img

कलैया । आफ्नै श्रीमतीको हत्याको आरोपमा श्रीमान र उनका भाउजुलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र उनका भाउजू २५ वर्षीया अप्सना खातुन रहेको बाराका प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । अप्सना सहनाजकी जेठानी हुन् ।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन र अनुसन्धान गरेको थियो ।

मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएकोले मृतकको लाश पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौमा पठाईको छ ।

सहनाजको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएपछि प्रहरीले सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सना समेतको संलग्नता रहेको बताएका थिए ।

प्रहरीले बिहीबार नै उनीहरुलाई पक्राउ गरेर ल्याएको थियो । दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...