Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

एमालेबाट पर्सा क्षेत्र नं. ३ मा गुप्ताकाे एकल नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेबाट पर्सा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा राजकुमार गुप्ताको नाम सिफारिस भएको छ ।पाेखरियामा बिहिबार भएकाे क्षेत्रिय भेलाले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हाे ।

क्षेत्रिय समन्वय समितीका अध्यक्ष राजेश्वर रौनियारको अध्यक्षतामा भएकाे भेलाले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा गुप्ताकाे एकल नाम सिफारिस गरेपनि प्रदेश सभा सदस्य उम्मेदवारकाे नाम सिफारिस गरेकाे छैन ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

पाेखरियामा भएकाे क्षेत्रिय भेलामा पर्सा ईन्चार्ज प्रभु हजरा, पर्सा अध्यक्ष जयप्रकाश थारु, सचिव मनोज गुप्ता, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, प्रद्युमन चौहान, बलिराम साह, तेज प्रकाश निषाद, नेताहरु प्रहलाद गिरी, जालिम मियाँ, सखुवा प्रसौनी गाँउपालिका अध्यक्ष यशवन्त यादव लगायतको उपस्थिती रहेको थियो । 

यसैगरी एमाले पर्सा क्षेत्र नं १ को क्षेत्रीय समितिले क्षेत्र नं. १ को ‘ख’ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ सुन्दर कुर्मी, शम्भु गुप्ता, हबिब शेख सेरु, ओमप्रकाश गुप्ताको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ शिवजी गुप्ता, बाबुराम कौशिक, मन्दु हजरा, मुना दहाल, लालबाबु शेख, महम्मद निजाम, रमेश महतो, उर्मिला राम, नलिया देवी गोसाई, जले आमल, श्रीहरि पौडेल लगायतको नाम सिफारिस भएको एमाले वीरगञ्ज महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए ।

यस अघि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट बसरुदिन अन्सारी, जुनैद अन्सारी र ईस्लाम हवारीको नाम सिफारिस भएको थियाे ।

समानुपातिकतर्फ प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भर कुमार शर्मा, बाबुराम कौशिक, उर्मिला श्रेष्ठ, मेघराज पासवान, श्याम बञ्जारा, केसी लामिछाने, उर्मिला शर्मा र रञ्जु फुयाँलको नाम सिफारिस भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...