Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

एमालेबाट पर्सा क्षेत्र नं. ३ मा गुप्ताकाे एकल नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेबाट पर्सा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा राजकुमार गुप्ताको नाम सिफारिस भएको छ ।पाेखरियामा बिहिबार भएकाे क्षेत्रिय भेलाले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको हाे ।

क्षेत्रिय समन्वय समितीका अध्यक्ष राजेश्वर रौनियारको अध्यक्षतामा भएकाे भेलाले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा गुप्ताकाे एकल नाम सिफारिस गरेपनि प्रदेश सभा सदस्य उम्मेदवारकाे नाम सिफारिस गरेकाे छैन ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

पाेखरियामा भएकाे क्षेत्रिय भेलामा पर्सा ईन्चार्ज प्रभु हजरा, पर्सा अध्यक्ष जयप्रकाश थारु, सचिव मनोज गुप्ता, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, प्रद्युमन चौहान, बलिराम साह, तेज प्रकाश निषाद, नेताहरु प्रहलाद गिरी, जालिम मियाँ, सखुवा प्रसौनी गाँउपालिका अध्यक्ष यशवन्त यादव लगायतको उपस्थिती रहेको थियो । 

यसैगरी एमाले पर्सा क्षेत्र नं १ को क्षेत्रीय समितिले क्षेत्र नं. १ को ‘ख’ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ सुन्दर कुर्मी, शम्भु गुप्ता, हबिब शेख सेरु, ओमप्रकाश गुप्ताको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ शिवजी गुप्ता, बाबुराम कौशिक, मन्दु हजरा, मुना दहाल, लालबाबु शेख, महम्मद निजाम, रमेश महतो, उर्मिला राम, नलिया देवी गोसाई, जले आमल, श्रीहरि पौडेल लगायतको नाम सिफारिस भएको एमाले वीरगञ्ज महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए ।

यस अघि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट बसरुदिन अन्सारी, जुनैद अन्सारी र ईस्लाम हवारीको नाम सिफारिस भएको थियाे ।

समानुपातिकतर्फ प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भर कुमार शर्मा, बाबुराम कौशिक, उर्मिला श्रेष्ठ, मेघराज पासवान, श्याम बञ्जारा, केसी लामिछाने, उर्मिला शर्मा र रञ्जु फुयाँलको नाम सिफारिस भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...