Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

परवानिपुर । क्रियाशिल युवा पत्रकार मञ्च नेपालको आयोजनामा शनिबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । ‘पारदर्शीता, निष्ठा र निर्भिकता–हाम्रो साझा प्रतिबद्धता’ भन्ने ध्येयका साथ स्थापित क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित शिविरमा १ सय ५० जनाले आँखा परीक्षण गराएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्सा नेपालसँगको सहकार्यमा सम्पन्न शिविरमा वीरगंजस्थित किरण आँखा अस्पताल प्रा.ली.का प्रबन्ध निर्देशक डा. अमर क्याल नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो । मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न शिविरमा परीक्षण गराएका १ सय ५० जनामध्ये २० जनामा मोतियाबिन्दु फेला परेको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए ।

आँखा शिविरमा सशस्त्र प्रहरी बल पर्साका प्रमुख उपरीक्षक तेजप्रसाद पोखरेल, उनकी श्रीमती लक्ष्मी पोखरेल, रेशमा पोखरेल, सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय सन्तोष बस्नेत, मनोज चन्द, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्सा शाखाका कोषाध्यक्ष संजिव मिश्र, मञ्चका सल्लाहकार कुबेरचन्द्र गौतम, कोपिला कुवँर, लक्ष्मण तामाङ्, सृजन केसी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए ।

आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको मञ्चका महासचिव बिरेन्द्र साहले जानकारी दिए । परीक्षणका क्रममा मोतियाबिन्दु फेला परेकाहरुलाई विशेष छुटका साथ किरण आँखा अस्पतालमा शल्यक्रिया गरिने अस्पतालका प्रमुख डा.क्यालले बताए ।

शिविरमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् वीरगञ्ज महानगरपालिकाका सद्भावना दुत अशोक वैद्य, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...