Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

एकै दिन वीरगंजकाे पांच स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । एकै दिन शनिबार वीरगंजकाे पांच ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे विभिन्न स्थानमा भएकाे कार्यक्रममा १४ महिलासहित २ सय ९५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्याक्रममा ४ महिलासहित ५४ जनाले रक्तदान गरेका थिए ।

मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काकाे अध्यक्षतामा कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, बीबीसी नेपाली सेवाकी पर्सा सम्बाददाता माधुरी महतो, सावित्रा संग्रौला, जरिना खातुन, अनिता साह तेली, शिवनाथ प्रसाद यादव, प्रविण खड्का, जियालाल साह, रविकुमार गुप्ता, तवरेज अहमद, विन्देश्वर प्रसाद पटेल, निखिल सापकोटा, संदिप कुमार कुर्मी, अजय बानिया, नरेश पटेल लगायतकाले रक्तदान गरेका थिए ।

यसैगरी वीरगंज संजालले आफ्नाे बार्षिकाेत्वकाे अवसरमा अवसरमा आयाेजाना गरेकाे कार्यक्रममा एक महिलासहित ५१ जनाले रक्तदान गरेका थिए ।
 
वीरगंजकाे  घण्टाघरस्थित भएकाे कार्यक्रममा एमडी मुम्ताज मियाँ, विनाेद चाैधरी, मुकेश खेतान, चन्दन ठाकुर, हरिओम चाैधरी, रविन्द्र प्रसाद यादव, कृष्णा श्रीवास्तव, राजकुमार साह, साेनित ठाकुर, बृजकिशाेर चाैधरी, रन्जित कुमार गुप्ता, अविशेषक साह, मिन्टु राैनियार लगायतकाले रक्तदान गरेका थिए ।
 
यसैगरी मन्जुश्री फाइनन्स लिमिटेकाे आयाेजनामा शनिबार नै भएकाे कार्यक्रममा २ महिलासहित ४३ जनाले रक्तदान गरेका थिए ।
 
घण्टाघर चौक मै भएकाे कार्यक्रममाअशाेक कुमार गुप्ता, विशेश्वर प्रसाद कुर्मी, प्रदिप महताे, गाैतम कर्ण, अरविन्द कुमार राैनियार, दिगम्बर थापा, निरज कुमार, प्रिन्स मिश्रा, अमित चाैधरी, संजित कुमार कुशवाहा लगायतकाले रक्तदान गरेका थिए ।
 
यसैगरी, भेट्रान्स सिटि क्लबद्वारा शनिबार नै वीरगंजकाे अलखियास्थित होटल मकालुमा आयाेजित कार्यक्रममा कार्यक्रममा ६ महिलासहित १०१ जनाले र एसोसिएसन अफ भेटेरिनरि प्राक्टिसनर वीरगंजकाे घडिअर्वा पोखरीमा आयाेजित कार्यक्रममा १ महिला सहित ४६ जनाले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...