Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

नेपाल भारतका सुरक्षाकर्मीहरुद्वारा सिमामा संयुक्त गस्ती

spot_img
spot_img

वीरगंज । नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो ।

निर्वाचन लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । गस्ती टोलीले सीमा स्तम्भहरुको स्थिति बुझ्नुको साथै सिमा क्षेत्रको अनुगमन गरेका थिए ।

निर्वाचनको समयमा सीमा क्षेत्रमा देखिने समस्या समाधानमा एक अर्काबीच समन्वय र सहकार्यका साथ काम गर्ने सहमति यसअघि नै दुवै देशको सीमा क्षेत्रमा सुरक्षा निकायको नेतृत्व गर्दै आएका अधिकारीहरुबीच नियमित हुने बैठकमा भइसकेको छ ।

जङ्गे पिलर न. ३९०/१ देखि पिलर न. ३९०–२२ हुँदै ३९०/३३ सम्मका पिलरहरुको संयुक्त निरीक्षण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

नेपाल तर्फबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट समेत २० जना र भारतीय पक्षबाट एसएसबीका सिमा निरीक्षक सुशिल कुमारको नेतृत्वमा १० जना गरी ३० जनाको टोलीले संयुक्त गस्ती गरको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...