Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

नि:शुल्क रगत उपलब्ध गराउन परवानिपुर गापाद्वारा रेडक्रससंग सम्झौता

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले जनतालाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिका स्तरिय बार्षिक योजना अन्तर्गत गाउँपालिका अन्तर्गतका बिरामीहरुलाई आवश्यक पर्ने रगत नि:शुल्क उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी र उपाध्यक्ष सुगान्धी देवी कनुइनको रोहवरमा भएको सम्झौतामा पालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार र रेडक्रस पर्साको तर्फबाट सभापति विरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले नि:शुल्क रगत उपलब्ध गराउनु पर्ने छ । सो वापत लाग्ने प्रती युनिट रु १०५० शुल्क गाउँपालिकाले उपलब्ध गराउनु पर्नेछ ।

सम्झौताको क्रममा सभापति विरेन्द्र राज कँडेलले पालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई रेडक्रसले विपद, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने बताए । साथै रेडक्रसले निर्माण गर्न लागेको आधुनिक रक्तसंचार केन्द्र भवनका लागि सहयोग गर्न अनुरोध गर्नु भएकोमा पालिका अध्यक्ष र उपाध्यक्षले रक्तसंचार केन्द्र भवनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सम्झौता हस्तान्तरण कार्यक्रममा रेडक्रस मधेश प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँ, रेडक्रस महोत्तरीको सभापति दिपक मिश्र, रेडक्रस पर्साको कोषाध्यक्ष महन्त प्रसाद यादव, उमेश गुप्ता लागायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...