Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सामा एमाले बलियो हुँदै, पुर्व जनप्रतिनिधिहरुले गरे प्रबेश

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ को विभिन्न पालिकाका पुर्व अध्यक्ष र उपाध्यक्षहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पकाहा मैनपुर गाँउपालिकाका पुर्व अध्यक्ष विजय चौरसीया , विन्दवासीनी गाँउपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह मोदी र उपाध्यक्ष किरण देवी गुप्ता लगायतकाहरु एमालेमा प्रवेश गरेका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा चौरसीया तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) बाट, मोदी पनि तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) बाट पालिका अध्यक्षमा र गुप्ता भने काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।२०७९ बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा तीनै जनालाइ उनिहरुको पार्टीले उम्मेदवार बनाएकाो थियो । तर उनिहरु पराजित भएका थिए ।

पाकाहा मैनपुर गाँउपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष मदन साह कानु पनि एमालेमा प्रवेश गरेका छन् । उनि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) बाट निर्वााचित भएपनि गत बैशाख ३० गते भएकाो निर्वाचनमा भने जसपाबाट उम्मेदवार बने पनि पराजित भएका थिए । यस्तै, बैशाख ३० कोे निर्वाचनममा नेपाल सुशासन पार्टीको तर्फबाट पाकाहा मैनपुर गाँउपालिकाको उपाध्यक्षमा उमेदवार बनेर पराजित भएकी अध्ययादेवी मेहता पनि एमालेमा प्रवेश गरेकी छन् ।

यस्तै सखुवा प्रसौनी गाँउपालिकाका काँग्रेस नेता नीर गिरि पनि एमालेमा प्रवेश गरेका छन् । यस्तै पर्साको कालिकामाइ गाँउपालिकाका जसपा नेता वकिल मियाँ, छोटेलाल चौरसीया , दिनेश चौरसीया, दिनानाथ साह लगायत पनि एमालेमा प्रवेश गरेका छन् ।

मङगलबार काठमाण्डौ स्थित एमालेको पार्टी कार्यालयमा आयाोजित कार्यक्रममा उनिहरुलाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्छा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
त्यस अवसरममा नेकपा एमालेका नेता प्रभु साह, केन्द्रिय सदस्यहरु राज कुमार गुप्ता, प्रभु हजरा, विचारी यादव, पर्सा अध्यक्ष जयप्रकाश थारु, जालिम मिया लगायतको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...