Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

दुई पुर्व गाउँपालिका अध्यक्षसहित सय जना एमाले प्रवेश गर्दै

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने विभिन्न पालिकाका एक सय जना भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्न काठमाडौं पुगेका छन् ।

पार्टी कार्यालय च्यासलमा एमालेले स्थायी कमिटी बैठकपश्चात् पार्टी प्रवेश गराउने भएका छन् ।

पकाहा मैनपुर गाउँपालिका पूर्व अध्यक्ष जसपाका विजय चौरसिया, पकहा मैनपुरकै ३ नम्बरका पूर्व वडाध्यक्ष मदन साह कानु, बिन्दबासिनी गाउँपालिका पूर्वअध्यक्ष जसपाका श्रीलाल साह कानु (मोदी), बिन्दबासिनी कै पूर्व उप प्रमुख कांग्रेसकी किरणदेवी गुप्ता लगायतकाले पार्टी प्रवेश गर्न लागेका हुन् ।
 
यस्तै, नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उमेदवार श्रीमती अदायादेवी मेहता लगायत २०० जना कांग्रेस, एकीकृत सामाजवादी, जसपा र नेपाल सुशासन पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको वताईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...