Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जगरनाथपुर ४ सुपुरमा माओवादी केन्द्रकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ सुपुरमा नेकपा (माओवादी केन्द्र) काे पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा वडा कमिटी, वाइसियलकाे वडा स्तरिय कमिटी र किशान संगठन गठन भएकाे माओवादी केन्द्रका प्रदेश सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।

जितेन्द्र चौधरीको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी, अमलेश कुमार यादवको अध्यक्षतामा २५ सदस्यीय वाइसियल वडा समिति र जितन ठाकुरको अध्यक्षतामा २५ सदस्यीय किसान सङ्गठ्न गठन गरिएको प्रदेश सदस्य अहमदले जानकारी गराए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय बिरेन्द्र प्रसाद यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, दिपेन्द्र चौधरी लगायतकाे बिशेष उपस्थितीमा कमिटी गठन भएकाे हाे ।

त्यसअघि कार्यक्रममा जसपा परित्याग गरि वडा समितिका १५० जना स्थानिय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...