Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

जगरनाथपुर ४ सुपुरमा माओवादी केन्द्रकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ सुपुरमा नेकपा (माओवादी केन्द्र) काे पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा वडा कमिटी, वाइसियलकाे वडा स्तरिय कमिटी र किशान संगठन गठन भएकाे माओवादी केन्द्रका प्रदेश सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।

जितेन्द्र चौधरीको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी, अमलेश कुमार यादवको अध्यक्षतामा २५ सदस्यीय वाइसियल वडा समिति र जितन ठाकुरको अध्यक्षतामा २५ सदस्यीय किसान सङ्गठ्न गठन गरिएको प्रदेश सदस्य अहमदले जानकारी गराए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय बिरेन्द्र प्रसाद यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, कृष्णमोहन प्रसाद यादव, नेता सरिफ गद्दी, दिपेन्द्र चौधरी लगायतकाे बिशेष उपस्थितीमा कमिटी गठन भएकाे हाे ।

त्यसअघि कार्यक्रममा जसपा परित्याग गरि वडा समितिका १५० जना स्थानिय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...