Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रदेश सभा सदस्य गिरी एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । प्रदेश सभा सदस्य प्रहलाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका  प्रदेश सभा सदस्य गिरी शनिबार काठमाडौंमा एमालेमा प्रवेश गरेका हुन ।

उनलाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबिरकाे टिका र माला लगाई पार्टीमा प्रवेश गराएका थिए । गिरी संगै युवा नेता अरुण यादव, सुजित गिरी लगायत दर्जन भन्दा बढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेकाे वताइएकाे छ । नेताहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबिर टिका एवं फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।

गिरी तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ काे (ख) मा निर्वाचित भएका थिए । त्यसपछि राजपा र संघिय समाजवादी पार्टी मिलेर बन्नेकाे जसपामा थिए । जसपा विभाजन भएपछि गिरी लोसपा लागेका थिए । अगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य मै अब एमालेबाट लडने गिरीकाे तयारी छ ।

काठमाडाैस्थित ओली निवासमा भएकाे पार्टी प्रबेश कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रद्युमन चौहान, नेकपा एमाले वीरगंज महानगरका सचिव सुन्दर कुर्मी, युवा नेता शिवजी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...