Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

प्रदेश सभा सदस्य गिरी एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । प्रदेश सभा सदस्य प्रहलाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका  प्रदेश सभा सदस्य गिरी शनिबार काठमाडौंमा एमालेमा प्रवेश गरेका हुन ।

उनलाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबिरकाे टिका र माला लगाई पार्टीमा प्रवेश गराएका थिए । गिरी संगै युवा नेता अरुण यादव, सुजित गिरी लगायत दर्जन भन्दा बढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेकाे वताइएकाे छ । नेताहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबिर टिका एवं फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।

गिरी तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ काे (ख) मा निर्वाचित भएका थिए । त्यसपछि राजपा र संघिय समाजवादी पार्टी मिलेर बन्नेकाे जसपामा थिए । जसपा विभाजन भएपछि गिरी लोसपा लागेका थिए । अगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य मै अब एमालेबाट लडने गिरीकाे तयारी छ ।

काठमाडाैस्थित ओली निवासमा भएकाे पार्टी प्रबेश कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रद्युमन चौहान, नेकपा एमाले वीरगंज महानगरका सचिव सुन्दर कुर्मी, युवा नेता शिवजी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...