Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

आफु जिते पनि, हारे पनि जनताकाे सेवा गरिरहन्छु : नेता रिजाल

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार नेपाली काङ्ग्रेसकाे पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा गत स्थानिय तहकाे निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षकाे उम्मेदवार भएका राजेश प्रसाद कुर्मीको नेतृत्वमा १३३ जना, जसपा जिल्ला सदस्य तबरेज आलमको नेतृत्वमा ६४ जना र सुशासन पार्टीका जाकिर मियाँको नेतृत्वमा २३ जन्ना गरी २२० जना  काङ्ग्रेसमा प्रवेश गरेकाे कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले जानकारी दिए ।

कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आफु जनताकाे सेवक भएकाे वताए । उनले आफु निर्वाचन हारे पनि जिते पनि सधै जनताकाे सेवा गरिरहने वताए । 

वडा समितिका सभापति रामशिष प्रसाद चाैरसियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा भएकाे कांग्रेममा पार्टीका केन्द्रिय सदस्य अजय कुमार चौरासीया, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला सह सचीव नवीन सिंह, जिल्ला पार्टीका प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव लगायतका नेता तथा कार्यकर्ताले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...