Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आफु जिते पनि, हारे पनि जनताकाे सेवा गरिरहन्छु : नेता रिजाल

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार नेपाली काङ्ग्रेसकाे पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा गत स्थानिय तहकाे निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षकाे उम्मेदवार भएका राजेश प्रसाद कुर्मीको नेतृत्वमा १३३ जना, जसपा जिल्ला सदस्य तबरेज आलमको नेतृत्वमा ६४ जना र सुशासन पार्टीका जाकिर मियाँको नेतृत्वमा २३ जन्ना गरी २२० जना  काङ्ग्रेसमा प्रवेश गरेकाे कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले जानकारी दिए ।

कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आफु जनताकाे सेवक भएकाे वताए । उनले आफु निर्वाचन हारे पनि जिते पनि सधै जनताकाे सेवा गरिरहने वताए । 

वडा समितिका सभापति रामशिष प्रसाद चाैरसियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा भएकाे कांग्रेममा पार्टीका केन्द्रिय सदस्य अजय कुमार चौरासीया, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला सह सचीव नवीन सिंह, जिल्ला पार्टीका प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव लगायतका नेता तथा कार्यकर्ताले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...