Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

खेलकुद महासंघ समाजवादी पर्साकाे जिल्ला कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादीकाे पर्सा जिल्ला कमिटी गठन भएको छ ।  वीरगंजकाे घडिअर्वा पोखरीस्थित कबाड हलमा शनिबार भएकाे एक भेलाले बिशेश्वर पटेलकाे अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्षमा रामजन्म राउत, प्रेमदर प्रसाद थारु, सचिव उपेन्द्र पटेल, सह सचिव मनिषा चौधरी, कोषाध्यक्ष जय शंकर यादव, सदस्यहरुमा रितिका कुमारी, यसिका चौधारी, बबिता कुमारी, अजय दास, अवधकिश्वर पासवान, दीपक गुप्ता, अफ़जल अंसारी, खुसी आलम अंसारी, चन्दन महतो, संस्कार कुमार, रोहित साह, अभिषेक दास, रवि पटेल लगायतका चयन भएका छन् ।

आकाश पटेलकाे अध्यक्षतामा र नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बाल गोपाल थापाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य अनिल पटेल, खेलकुद महासंघ समाजवादीका आकाश पटेल, जय शंकर यादव लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...