Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साकाे एक नगरपालिका र ३ गाउँपालिकाले अझै पेश गरेनन् बजेट

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई र धाेबिनी गाउँपालिकाकाे गाउँ सभा अझै हुन सकेकाे छैन् । गाउँ सभा नहुँदा आर्थिक बर्ष २०७९/०८० काे बजेट आउन सकेकाे छैन् । गाउँ सभाबाट बजेट पारित नहुँदा विकास निर्माणकाे काम अगाडी बढन सकेकाे छैन् । 

पर्सा कै पाेखरिया नगरपालिका र सखुवा प्रसाैनी गाउँपालिकाकाे सभा सम्पन्न भए पनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गर्नु पर्ने बजेटकाे विवरण पेश भएकाे छैन् ।

मन्त्रालयका्े वेभसाइडमा अपलाेड भएकाे विवरण अनुसार अझै सम्म पर्साका एक महानगरपालिका, दुई नगरपालिका र ७ पालिकाले मात्र वजेटकाे विवरण पेश गरेका छन् । एक नगरपालिका र ३ गाउँपालिकाले बजेटकाे विवरण पेश गरेका छैनन् ।

वजेट पेश गर्नेमा वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका र पर्सागढी नगरपालिका रहेका छन् ।

यसैगरी छिपहरमाई, जगरनाथपुर, पटेर्वा सुगाैली, पकहा मैनपुर, बिन्दवासिनी, ठाेरी र जिराभवानी गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९/०८० काे बजेट विवरण पेश गरेकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे वेभसाइडमा देखिन्छ । 

यसैगरी दुई नगरपालिका र दुई गाउँपालिकाले बजेट विवरण पेश गरेका छैनन् । बारामा रहेकाे दुई उपमहानगरपालिका, ५ नगरपालिकाका मध्ये ५ नगरपालिका र ९ गाउँपालिकाका मध्ये ७ गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० काे बजेट विवरण पेश गरेकाे मन्त्रालयकाे वेभसाइडमा देखिन्छ ।

कलैया उपमहानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिका, काेल्हवी नगरपालिका, निजगढ नगरपालिका र सिम्राैनगढ नगरपालिकाले बजेट विवरण पेश गरेकाे छ भने महागढीमाई नगरपालिका र पचराैता नगरपालिकाले बजेट विवरण पेश गरेका छैनन् ।

यसैगरी बाराकाे करैयामाई, देवताल, परवानीपुर, फेटा, बारागढी, सुर्वण र बिश्रामपुर गाउँपालिकाले बजेट विवरण पेश गरिसकेकाे छ भने प्रसाैनी र आदर्शकाेतवाल गाउँपालिकाले मन्त्रालयमा अझै सम्म बजेट विवरण पेश गरेका छैनन् ।

नयाँ आर्थिक समान्तकाे एक महिना सक्दा पनि कहीं गाउँ सभा नहुँदा बजेट पारित हुन सकेकाे छैन् भने कहिँ बजेट गाउँ सभाबाट बजेट पारित भएपनि बजेट सुत्रमा एन्ट्री नहुँदा विकास निर्माणकाे काम अगाडी बढन सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...