Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

जगरनाथपुरको वडा नं. २ र ३ मा माओवादीकाे कमिटि गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ र ३ मा नेकपा (माओवादी केन्द्र) काे वडा कमिटी गठन भएकाे छ । वडा नं. २ दसाैतामा भएकाे कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) वडा समितिका १०५ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाे वताइएकाे छ ।

पार्टी प्रवेशपछि छोटेलाल महतो केवटको अध्यक्षतामा ३१ सदस्यीय माओवादीकाे वडा इकाई कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।

त्यस्तै जगरनाथपुर गाउँपालिका कै वडा नं. ३ मा अमिरुल हसनको अध्यक्षतामा ५७ सदस्यीय माओवादीकाे वडा कमिटी गठन भएकाे उनले वताए । त्यस अघि वडा नं. ३ मा पनि जसपा परित्याग गरि २०० जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाे नेता अहमदले वताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय बिरेन्द्र प्रसाद यादव, टेक बहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउद्दीन अहमद, स्थानीय नेता कृष्णमोहन प्रसाद यादवको विशेष उपस्थितिमा पार्टी प्रवेश तथा कमिटि गठन कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा बोल्दै नेताहरुले वर्तमान परिवेशमा नेकपा माओवादी केन्द्र बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले बर्षौदेखिको उत्पीडत गरिब, सीमान्तकृत, पिछडिएका समुदायलाई राजनीतिक चेतना स्तरको विकास गरेकै कारण अहिले सबैमा राजनीतिक चेतनाको विकास भएको तर मधेस आन्दोलनपछि मधेसमा मधेसी दलहरुमा राजनीतिक अराजकता बढेको वक्ताहरुकाे भनाई थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...