Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

जगरनाथपुरको वडा नं. २ र ३ मा माओवादीकाे कमिटि गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ र ३ मा नेकपा (माओवादी केन्द्र) काे वडा कमिटी गठन भएकाे छ । वडा नं. २ दसाैतामा भएकाे कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) वडा समितिका १०५ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाे वताइएकाे छ ।

पार्टी प्रवेशपछि छोटेलाल महतो केवटको अध्यक्षतामा ३१ सदस्यीय माओवादीकाे वडा इकाई कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।

त्यस्तै जगरनाथपुर गाउँपालिका कै वडा नं. ३ मा अमिरुल हसनको अध्यक्षतामा ५७ सदस्यीय माओवादीकाे वडा कमिटी गठन भएकाे उनले वताए । त्यस अघि वडा नं. ३ मा पनि जसपा परित्याग गरि २०० जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाे नेता अहमदले वताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय बिरेन्द्र प्रसाद यादव, टेक बहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउद्दीन अहमद, स्थानीय नेता कृष्णमोहन प्रसाद यादवको विशेष उपस्थितिमा पार्टी प्रवेश तथा कमिटि गठन कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा बोल्दै नेताहरुले वर्तमान परिवेशमा नेकपा माओवादी केन्द्र बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले बर्षौदेखिको उत्पीडत गरिब, सीमान्तकृत, पिछडिएका समुदायलाई राजनीतिक चेतना स्तरको विकास गरेकै कारण अहिले सबैमा राजनीतिक चेतनाको विकास भएको तर मधेस आन्दोलनपछि मधेसमा मधेसी दलहरुमा राजनीतिक अराजकता बढेको वक्ताहरुकाे भनाई थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...