Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वप्रका श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरको विशेष टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला पाएर लामो समयदेखि फरार रहेका १८ जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. २० निवासी ५० वर्षीय अमनी पैठानीन, सोही ठाउँका ५८ वर्षीय जैतुनेसा पठानीन, ६० वर्षीय बिगा खाँ पैठान, ६४ वर्षीय कासिम महमद खाँ पैठान, ५५ वर्षीय देव बहादुर प्रसाद यादव, ५२ वर्षीय शेषनाथ बरै, ७३ वर्षीय ठग राउत बरै र सोही ठाउँका रामराज प्रसाद चौरसिया रहेका छन् । 

यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपराका ५० वर्षीय पुष्पराज पटेल भन्ने पुष्पराज प्रसाद कुर्मी, ३४ वर्षीय जितेन्द्र प्रसाद कुर्मी, वडा नम्बर २८ बगहीका ७० वर्षीय लक्ष्मण ठाकुर लोहार, ६७ वर्षीय सिताराम ठाकुर लोहार, ६४ वर्षीय शंकर ठाकुर लोहारलाई पनि प्रहरीले पक्राउ गरेकाे छ । 

यस्तै वीरगंज महानरपालिकाकाे वडा नम्बर २८ बगही कै ४६ वर्षीय गोपाद प्रसाद सोनार, वडा नम्बर २० हरपतगञ्जका ७० वर्षीय पन्नालाल साह कलवार, सोही ठाउँका ६५ वर्षीय किशोरी साह कलवार र वडा नम्बर २७ उदयपुरघुर्मीका ५० वर्षीय छोटी यादवलाई पनि पक्राउ गरिएकाे वप्रका श्रीपुरले जनाएकाे छ । 

पक्राउ पर्नेमा कुटपिट सम्बन्धी मुद्दाका ७ जना, जालसाजी सम्बन्धी मुद्दाका ६ जना, काठ चोरी सम्बन्धी मुद्दाका ३ जना र चेक अनादर सम्बन्धी मुद्दाका २ जना रहेका छन् । पक्राउ परेका सबै जनालाई पर्सा जिल्ला अदालतमा फैसला कार्यन्वयनका लागि दाखिला गरिएको वप्रका श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...

तीन महिनापछि महानगर फर्किए मेयर राजेशमान सिंह, सम्हाले पदभार

वीरगंज । विशेष अदालतबाट सफाइ पाएपछि स्वतः पुनर्बहाली भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले तीन महिनापछि बुधबार महानगरपालिका कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका...

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...