Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सुवोध स्मृति पुरस्कारबाट पत्रकार देवकोटा पुरस्कृत

spot_img
spot_img

वीरगंज । प्रतीक प्रकाशन समूहले स्थापना गरेको सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा पुरस्कृत भएका छन् ।

वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतीक दैनिक पत्रिकाको ३६ औं बार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उक्त पुुरस्कार देवकोटालाइ प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक वासुदेलाल दासले ५१  हजार रुपैया नगद राशीको उक्त पुरस्कार देवकोटालाइ प्रदाद गरेका थिए ।

वीरगंजका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाइ प्रदान गरिदै आएको छ ।

यस्तै प्रतीक दैनिकको उत्कृष्ट संवाददाताकाे रुपमा पत्रकार रोधश्याम पटेल, उत्कृष्ट कर्मचारीको रुपमा मोहन दास तत्वा र स्तम्भकार विश्वराज अधिकारीलाई पनि नगद र कदरपत्र सहित सम्मानित गरिएको छ ।

प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...