Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस पर्सा क्षेत्र नं. २ समन्वय कमिटीको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) पर्सा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २७ कुहडिमा सम्पन्न बैठकले संघीय निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्रहरुको बैठक तय गरेको छ ।

क्षेत्रीय समन्वय कमिटीको संयोजक बृजलाल पासवानको अध्यक्षतामा बसेको बैठकले सो क्षेत्र अन्तर्गतका बाकी रहेका वडाहरुकाे कमिटी गठन र भएका कमिटीहरुको पुन:गठन गर्ने निर्णय गर्नुको साथै भदौ ७ गते भित्रमा क्षेत्र भरिका नयाँ र पुराना सदस्यहरुको सदस्यता नवीकरण गरि सक्ने निर्णय गरेको छ ।

बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन केन्द्रित अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

उक्त बैठकमा पार्टीको जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, उपाध्यक्ष गंगा खड्का, पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य प्रभु पासवान, प्रदेश कमिटी सदस्य रामेश्वर मण्डल लगायतको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...