Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एस पर्सा क्षेत्र नं. २ समन्वय कमिटीको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) पर्सा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २७ कुहडिमा सम्पन्न बैठकले संघीय निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्रहरुको बैठक तय गरेको छ ।

क्षेत्रीय समन्वय कमिटीको संयोजक बृजलाल पासवानको अध्यक्षतामा बसेको बैठकले सो क्षेत्र अन्तर्गतका बाकी रहेका वडाहरुकाे कमिटी गठन र भएका कमिटीहरुको पुन:गठन गर्ने निर्णय गर्नुको साथै भदौ ७ गते भित्रमा क्षेत्र भरिका नयाँ र पुराना सदस्यहरुको सदस्यता नवीकरण गरि सक्ने निर्णय गरेको छ ।

बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन केन्द्रित अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

उक्त बैठकमा पार्टीको जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, उपाध्यक्ष गंगा खड्का, पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य प्रभु पासवान, प्रदेश कमिटी सदस्य रामेश्वर मण्डल लगायतको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...